मातृभूमि बाकाचोल सेवा समाजको पुण्य कर्म


kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं । मातृभूमि बाकाचोल सेवा समाजले कोरोनाको कारण समस्यामा परेकाहरुलाई केही भए पनि राहत दिएर पुण्य कर्म गरेको छ । उक्त सेवा समाजले जाति, धर्म, सम्प्रदाय भन्दा माथि हामी मानव हौं र मानव भएर बाँडेर खानुपर्छ भन्ने सन्देश पनि दिएको छ । हामी कोही पनि पराय होइनौं, हामीबीच अपन्त छ भन्ने नैतिकताको पाठ पनि सिकाएको छ । हामी नेपाली अरुको अरुको दुःखमा टुलुटु हेरेर बस्न सक्दैनौं भन्ने पनि मातृभूमि बाकाचोल सेवा समाजले चेतना जगाएको छ । कोरोना भाइरसले विश्व नै आतंकित तुल्याएको छ । कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेहरुको संख्या तीनलाखभन्दा माथि पुगिसकेको छ । संक्रमितहरु ४८ लाख भन्दा माथि पुगेको छ । सारा विश्व नै लकडाउनमा छ । विश्वअर्थतन्त्र ठप्पप्रायः छ । कैयौं मानिसले रोजगारीबाट हात धुनु परेको छ । नेपालमा पनि गत चैत्र ११ गतेदेखि लगातार लकडाउन चलिरहेको छ । दैनिक वा मासिक कमाएर खाने वर्ग ठूलो समस्या छन् । ठूला उद्योगमा काम गर्ने कर्मचारी, कामदार कामबाट निकालिएका छन् । पर्यटन व्यवसाय ठप्प छ । पर्यटन व्यवसायीहरु, कर्मचारी, गाइड, कामदार सबैको कामधन्दा नचल्दा बिहान बेलुका हात–मुख जोड्नै नसक्ने स्थितिमा पुगेका छन् । घरदेखि टाढा काठमाडौं आएर पठनपाठनमा लागेका विद्यार्थीहरुको लागि तथा झनै समस्या थपिएको छ । मातृभूमि बाकाचोल सेवा समाजले गरेको यस पुण्य कर्मबाट हामी सबैले पाठ सिक्नु जरुरी छ । यस अभियानमा जुटनु हुने सम्पूर्या कार्य समितिको पदाधिकारीहरु, आजीवन सदस्यहरू, साधारण सदस्यहरू तथा आफनै परिवारको गाँस काटेर बिपतमा बाँडेर खाउँ भन्ने भावनाको साथमा साथ दिने सहयोगी हातहरूलाई नमन नगरी बस्न सकिदैन । मातृभूमि बाकाचोल सेवा समाजको अभियानमा नेपाल हेल्पिङ एजुकेसन फाउण्डेसनले पनि महत्वपूर्णं भूमिका निर्वाह गरेको छ । आगामी दिनमा आइपर्ने कठिनाइहरुमा पनि सबै एकजुट भएर काम गर्नका लागि हौसला मिलोस् । यो लकडाउनको अवस्थामा सबै जना आ–आफनो घरमा बसौं, सुरक्षित रहुँ, संकटको बेला धैर्यधारण गरौ र कोरोना भाईरसको संकट माथि बिजय हासिल गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *