वनमा विशेष गस्ती:चोरीका काठ बरामद


kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं,९ जेठ २०७७। डिभिजन वन कार्यालय सुर्खेतले लकडाउन शुरु भएयता ७०० क्यूफिटभन्दा बढी चोरीको काठ बरामद गरेको छ । कार्यालयले सञ्चालन गरेको ‘विशेष वन संरक्षण गस्ती’ले रु ३० लाख बजार मूल्यको सालको चिरान तथा गोलिया बरामद गरेको हो । करिब ५० क्यूफिट काठसहित चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरी मुद्दा चलाएको कार्यालयले जनाएको छ । जिल्ला वन अधिकृत गोविन्द दाहालले २५ क्यूफिट काठको बिगोसहित वनमा आरा चलाइरहेको अवस्थामा वनबाटै पक्राउ गरी दुईजनाविरुद्ध मुद्दा दर्ता हुने क्रममा रहेको जानकारी दिनुभयो । लकडाउनको मौका छोपी स्थानीयवासीले काँक्रेविहार संरक्षित वन क्षेत्रका जरायो शिकार गर्ने गरेको पाइएको छ । “सम्भवतः वन क्षेत्रको आकार र त्यहाँ भएका वन्यजन्तुको सङ्ख्या समानुपातिक नभएर होला जरायो वन क्षेत्रबाट बाहिर निस्कने गरेको पाइयो”, उहाँले भन्नुभयो, “जरायोको शिकार गर्ने क्रममा घाइते अवस्थामा भेटिए, गोली लागेका र मृत अवस्थामा फेला पा¥यौँ ।” लगातार जरायो मारिएका घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालयले उक्त निगरानी बढाएको छ ।

लकडाउन अवधिमा मृग एक, जरायो तीन मृत अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । मृत वन्यजन्तुलाई कर्मचारीको रोहवरमा सद्गत गर्नाका साथै एक÷एक रतुवा र मृगलाई सुरक्षित वासस्थानमा छाडिएको छ । घाइते अवस्थामा फेला परेका दुई जरायोको उपचारका क्रममा मृत्यु भएको, सकुशल फेला परेको मृगको बच्चालाई कार्यालयमै उद्धार गरी राखेको तथा बस्तीमा फेला परेको एक जरायोलाई पुनः संरक्षित क्षेत्रमै छाडिएको डिभिजन वन कार्यालय सुर्खेतले सार्वजनिक गरेको लकडाउन विशेष प्रतिवेदनमा उल्लेख छ ।
लकडाउनको अवधिमा जिल्लाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका तीनवटा घर टहरा वन गस्तीले हटाएको छ । वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले जिल्लालाई उपत्यकाबाहेक दुई कलस्टरमा विभाजन गरी गस्ती बढाइएको बताउनुभयो । उहाँका अनुसार कलस्टरअनुसार एक÷एकवटा वन सुरक्षा कार्यदलका लागि पश्चिम सुर्खेतको केन्द्र हुड्के लेखगाउँ तथा पूर्वी सुर्खेतको छिन्चुलाई केन्द्रित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *