“मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगितिक धमाका २०१९” नाफामा


kamdardainik.com (First, Fast & Accurate)

दक्षिण कोरिया

रामेछाप सम्पर्क समिति, दोलाखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले गत छुसकमा सेप्टेम्बर १२ तारिख आयोजित “मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगितिक धमका २०१९” को आर्थिक आय–ब्यय आइतबार सार्वजनिक गरेको छ ।

संयुक्त बैठकबाट अनुमोदित आर्थिक प्रतिवेदन मेगराज खड्का, उत्सब खड्का र दिलिप दाहाल सहितको ३ सदस्यीय आर्थिक समितिको संयोजक मेगराज खड्काले कार्यक्रमको आर्थिक प्रतिबेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । कार्यक्रमबाट ५ करोड ५५ लाख ९९ हजार ३३३ वोन मुनाफा भएको छ ।कन्सर्टमा मंगोलियन हार्टका राजु लामासहित ७ जना र गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, प्रताप दास, मोडेल अन्जली अधिकारी आएका थिए। कोरियामा कार्यक्रम गर्ने तर आर्थिक पारदर्शी रूपमा सार्बजनिक नगर्ने यहाँ रहेका संघसस्थाको चलनलाई  चिर्दै आयोजक संस्थाले आफ्नो जवाफदेहीता पूरा गरेको र छिट्टै आम्दानी रकमलाइ दुर्गम क्षेत्रका शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने आयोजकले प्रतिबद्धता गरेको छ।

रामेछाप सम्पर्क समितिको अध्यक्ष रबिप्रताप घिसिङ सिन्धुपाल्चोक समाजका अध्यक्ष सन्जिब भन्डारी र दोलखाली समाजका अध्यक्षले कार्यक्रम अबधिमा भएका सकारात्मक पक्ष  कमिकमजोरी र सुधार गर्नु पर्ने बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।उक्त सम्मेलनमा दोलाखाली समाजको संरक्षक लालकाजी बस्नेत रामेछाप सम्पर्क समितिको सल्लाहकार अम्बर बहादुर खड्का, सिन्धुपाल्चोक समाजका बेद आचार्य र प्रदेश ३ एकता समाजको अध्यक्ष किशोर ब्लोन सहितले मन्तब्य राख्नु भएको थियो भने प्रदेश भित्रका जिल्लाको अध्यक्ष र प्रतिनिधि उपस्थिती रहेको थियो ।

आर्थिक विवरण:

कुल प्राप्त आम्दानीः ९,६८,५२,८८६/- वोन

(टिकटबाट प्राप्तः ४,३०,७५,०००, होटल स्टलबाट प्राप्तः १२,००,०००/- वोन, साझा सहयोगीबाट प्राप्तः ४४,१३,८८६, तीन जिल्लाको जिल्लागत सहयोगबाट प्राप्तः २४,६४,०००/- वोन)

जम्मा खर्चः ४,१४,५३,५५३/- वोन

(कलाकार पारिश्रमिकः ९२,२२,९१५/- वोन, कलाकार भिसा तथा टिकटः ९१,९६,६६९/- वोन, कलाकार होटल तथा खाना खर्चः ६१,८५,९६८/- वोन, यातायात तथा दुवानी खर्चः २१,५०,०००/- वोन, मिडिया तथा स्टेशनरी खर्चः १४,०३,०००/- वोन, सम्मान तथा बिधाइ कार्यक्रम खर्चः ८,००,०००/- वोन, कार्यक्रम हल खर्चः १,१३,१५,०००/- वोन, प्रचारप्रसार खर्चः ९,००,०००/- वोन, चियापान तथा सार्वजनिक तथा समिक्षा कार्यक्रमः २,००,०००/- वोन )

प्रतिबद्धतामध्ये उठ्न बांकी रकमः

८ संस्थाबाट ९० पिस टिकटको हिसाब, साझा सहयोगी व्यक्तिहरू ४ जनाबाट उठन बाँकी ४,३०,०११ वोन

कार्यक्रमबाट नाफा जम्मा रकमः ५,५५,९९,३३३/- वोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *