रहेनन् बलिउड अभिनेता ऋषि कपुर


kamdardainik.com (First, Fast & Accurate)

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो । उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *