नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा रक्तदान कार्यक्रम

मुख्य समाचार राजनीति

काठमाडौं,२९ वैशाख२०७७। नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरसको महामारीको बखत रगतको अभाव भई विरामीहरुको अकालमा मृत्यु नहोस् भन्ने उक्तले समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विश्व कोभिड–१९ को महामारीको सामना गरिरहेको बेला रक्तदान गर्नु जीवन दान दिनु जस्तै भएको बताएका छन् । वृहत रक्तदान कार्यक्रममा नेता केसीले यस्तो बताएका हुन् । ‘कोभिड–१९ बाट जोगिनको लागि नियमित रुपमा साबुन पानीले हात धुनुस, मादक पर्दाथ नखानुस’ नेता केसीले भने, ‘हाम्रै देशमा उत्पादन भएको अर्गानिक जडिबुटि, तातोपानी, बेसार, अदुवा सेवन गर्नुस ।’
लकडाउनका कारण विभिन्न अस्पतालमा उपचार गराइ रहेका बिरामीहरुलाई रगतको अभाव भएकाले उनीहरुलाई थोरै भए पनि रगत पूर्ति गर्ने उद्देश्यले वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए । कार्यक्रममा उलेख्य संख्यामा रक्तदान गर्न आए पनि ५५ जनाले मात्र रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीसँग ५५ जनाको मात्र रगतलाई लिन सक्ने सामग्री भएकाले अरुले रक्तदान गर्न नपाएको सम्पर्क समितिका सदस्य उत्तम राईले बताए ।
वृहत रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्की, नेपाली कांग्रेस जनसम्पर्क समित दक्षिण कोरियाका सभापति आस्थाविन्दु मल्ल, नेपाली कांग्रेस महासमिति सदस्यहरु खिलराज बस्नेत, भोजराज कार्की, जयप्रसाद राई, शम्भुहरी बास्तोला, महाधिवेशन प्रतिनिधि एवं तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोककुमार झालगायत अन्य नेताहरुको उलेख्य उपस्थिति रहेको थियो ।