खोटाङमा युवाको सक्रियतामा १२ लाख फिर्ता

राजनीति

रमन वन / खोटाङ । खोटाङको ऐसेलुखर्क गाउपालिकामा ग्रामिण विद्यूतीकरणको नाममा स्थानियबाट असुलेको करिब १२ लाख रकम फिर्ता गराइएको छ । ग्रामिण विद्युतिकरणका लागी टेन्डर मार्फत अघि बढाईएको काम गाउँपालिकाले स्थानियबाट जनश्रमदान बापत रकम सकंलन गरि काम सम्पन्न गराएको ११ लाख १२ हजार रुपैया रकम स्थानिय खगेन्द्र बन र नन्दिकेशर बनको सकृयतामा फिर्ता गराइएको हो ।

ऐसेलुखर्क गाउँपालिकाको वडा नम्बर ५ महेश्वरी रिब्दुङ बन गाउँमा ग्रामिण विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरणबाट १३ लाख रुपैयाको टेन्डर आवहन भईसकेको काम सोही ठाउका स्थानियहरुको जनश्रमदानबाट गराएकाले सो रकम ठेकेदारबाट स्थानियलाई फिर्ता गराउन सफल भएको बताइएको छ ।

साथै फिर्ता गर्न बाकी रहेको रकम समेत फिर्ता गरिने सहमती भएको जनाइएको छ । बन गाउँका ८९ घर स्थानियहरुबाट विद्यूतीकरणका लागि प्रतिघर ३ हजार ५ सय रुपैयाका दरले रकम सकंलन गरी काम सम्पन्न गराएको जानकारीमा आएको छ ।

उक्त कामको टेन्डर मार्फत सरस्वती निर्माण सेवा दिक्तेल र ईन्द्रलक्ष्मी कन्ट्रक्सन दिक्तेलले जिम्मा पाएको थियो । टेन्डर मार्फत हुनु पर्ने कामका लागी वडा नम्बर ३ का वडा अध्यक्ष राजेश राजभण्डारीको समेत उपस्थितीमा चेत बहादुर राजभण्डारीको अध्यक्षता उपधोक्ता समिति गठन गरेर काम अगाडी बढाइएको थियो ।

१३ लाख रुपैयाको प्राधिकरणले टेन्डर आवह्न गरि फमलाई जिम्मा दिईसकेको सोही कामका लागी गाउँपालिकाकै रोहबरमा उपभोक्ता समिति गठन गरि जनश्रमदानबाट काम सम्पन्न गराउदा स्थानियले जनप्रतिनिधि माथी नै मिलेमतोको आशंका गरेका छन् ।

यता ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले भने नेपाल प्राधिकरणले टेन्डर मार्फत हुने कामको विषयमा पालिकालाई जानकारी नगराउदा डुब्लीकेशन भएको बताउँनुभएको छ । प्राधिकरणको कम्जोरीका कारण टेन्डर आवहन भईसकेको काम स्थानिय जनश्रमदानबाट गर्नुपरेको जिकिर गर्नुभयो । यसैविच रकम फिर्ता भएपछि स्थानियहरु भने हर्षित भएका छन् ।