काठमाडौँ । नेपाल सितोरियो कराते संघको शाखा डोजो नक्सालमा सिनियर तथा जुनियर ग्रेडिङ्ग सम्पन्न भएको छ । शनिवार एक बिशेष कार्यक्रम बीच सम्पन्न भएको ग्रेडिङ्गमा ह्वाईट बेल्ट देखि सिनियर ब्ल्याक बेल्ट दोश्रो डान सम्मका खेलाडीहरुको ग्रेडिङ्ग गरिएको थियो ।
उक्त ग्रेडिङ्गमा ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा समीर चौलागाईं, जेनिश कार्की, दिपेश भुजेल, बुद्ध तामाङ्ग , शिब बहादुर काफ्ले रहेका छन । त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ साङ्गेगे गुरुङ्ग, काब्य राई, बिशु कुमार यादव, राम बिश्वास राउत कुर्मी, प्रतिक घर्तीमगर उत्तीर्ण भएका छन भने हाफ ग्रीन देखि ग्रीन बेल्टमा उत्तीर्ण हुनेहरुमा अमृत गौतम दर्जी,सागर राई, रहेका छन ।
त्यसैगरी ग्रीन बेल्ट देखि स्टेप ब्राउन तर्फ अभय खपाँगी,अशोक तामाँग,निशान श्रेष्ठ,बिकाश श्रेष्ठ,सागर राई सफल भए । स्टेप ब्राउन देखि जुनियर ब्राउन बेल्टमा रेहन जावेद उत्तीर्ण हुन सफल भए भने सिनियर ब्राउन देखि ब्ल्याक बेल्ट तर्फ सुदिप बलामी , रोहन चौधरी सफल भए भने रश्मिता श्रेष्ठ ब्ल्याक बेल्ट दोश्रो डान लिन सफल भए ।
३५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिङ्ग नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ईश्वर ले लिएका थिए । उक्त कार्यक्रममा शाखाडोजो नक्सालका कोषाध्यक्ष पुनम थापा, सहायक प्रशिक्षकहरु राष्ट्रीय निर्णायक सुकलाल मोक्तान, राष्ट्रीय खेलाडी आकाश पाल, पत्रकार लगायत खेलप्रेमी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
