आगामी दिनहरुमा पनि अझ सक्रिय रूपमा नेपाली र नेपाली समुदायको सेवामा लाग्ने छु

कोरियाअपडेट विचार/अन्तर्वार्ता

दक्षिण कोरिया, कामदार दैनिक 

दक्षिण कोरियामा ज्यादै सुनिने नाम मध्येमा मनोज गौतम पनि एक हो। बिगतमा बिभिन्न संघसंस्थाहरू र ब्यक्तिगत रूपमा नेपाली समुदायलाई सहयोग गर्दै आएका र हाल एन. आर. एन.ए दक्षिण कोरियाका सचिवको रूपमा अत्यन्त सक्रिय गौतमको जन्म पुर्बी पहाडको खोटाङ जिल्लामा बि.स. २०४५ सालमा भएको हो। प्राथमिक शिक्षा पहाडमा नै सकि ९ बर्ष को उमेरमा बि.स २०५४ सालमा भित्री तराइ उदयपुरमा स-परिबार बसाइ सरेका गौतमले निम्न मध्यमिक तथा उच्च शिक्षा उदयपुरमै पुरा गरी थप प्राविधिक शिक्षा हासिल गर्ने उदेश्य ले काठमान्डौ तिर हानिए। तर भने जस्तो कहाँ हुन्छ र जिवन। पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस मा भर्ना भइ अध्यन गर्ने क्रममा विभिन्न आर्थिक समस्या तथा उनका बुबा को नेपाल प्रहरीको अधिकृत बाट अबकास भए पश्चात उनी घरको जेठा छोरा भएकाले सम्पूर्ण परिवारको जिम्मेवारी उनीमाथि आइपर्यो।
आफ्नो उच्च शिक्षा भन्दा पनि परिवारिक जिम्मेवारीलाई महत्वपूर्ण ठानेर उनी सन् २०१० मा इपिएस प्रणालीमाफॅत रोजगारीको लागि दक्षिण कोरिया आए। रोजगार गर्ने क्रम मा रोजगार र आर्थिक भन्दा पनि कोरिया को बिगत को इतिहास र गरिबी को अन्त्य सङै बर्तमान को बिकाशलाई नजिक बाट अध्यन गर्ने मौका पाएका गौतम श्रम गरि आर्थिक लाभ भन्दा पनि थप अध्ययन गरि नेपालको बिकाशमा टेवा पुर्याउने हेतुले श्रम को साथ साथै अध्यन समेत सुरु गरे । अध्यन गर्ने क्रममा विभिन्न समस्या बाधा तथा कठिनाइहरु  सँग संघर्ष गर्दै गर्दा उनको जिबनले नयाँ मोड लियो। स्थानीय कोरियन युवती सँगको गहिरो तथा लामो प्रेम सम्बन्ध बिबाहमा परिणत भयो। आफ्नो अध्यन र आङ्सिक रोजगारी लाइ लाई रोकि पुर्णकालिन रोजगारी गर्ने सिल्सिला मा LG कम्पनी को डिस्प्ले मा काम गर्दै आफुले कोरियामा सिकेको कानुनी परामर्श, कोरियन भाषा तथा सिप नेपालीहरूलाई हरेक समस्या आइपर्दा समाधानको रूपमा प्रयोगमा उनले ल्याए। गौतमले जटिल र ठुला किसिमका समस्या लाई आफुले चिनेको नजिक को कोरियन समुदाय सङ्ग सहकार्य गर्दै समाधान समेत गर्ने गरेका छन्। आफ्नै लगानी र कोरियन समुदाय को सहयोग मा २०१३ देखि नेपाली समुदायका लागि नेपाली सेल्टर समेत सञ्चालन गर्दै आएका उनी एक छोराका बाबु समेत हुन्। नेपाली समुदाय र नेपाली भने पछि आफ्नो घर परिवार नै बिर्सने मनोजलाई जिवन संगिनीको ठुलो साथ र सहयोग रहेको छ। उनी पनि नेपाल र नेपाली समुदाय भने पछि सहयोग गर्नको लागी सदैब तत्पर रहन्छिन्। प्रस्तुत छ कामदार दैनिकले मनोज गौतम सँग गरेको कुराकानी:


मनोज जी नमस्कार! आरामै हुनुहुन्छ? के मा व्यस्त हुनुहुन्छ हिजो आज?

नमस्कार आरामै छु, सन्चै छु। आजकाल NRNA कोरियाको कार्यलयमा रहि बिदा तथा अन्य विभिन्न कारण ले नेपाल गई कोरिया आउन नसक्नु भएको नेपाली दाजु भाइ तथा दिदिबहिनीहरु लाई कोरिया ल्याउन चार्टर उडान ब्याबस्थापन गर्न कार्यलयको काम र विशेष गरि सेल्फक्वारेनटाइम सम्बन्धी जाचबुझ ,नेपाल गएर आफ्नो भिसा गुमाएका, गुमाउने आवस्था मा पुगेका नेपाली हरुको रोजगार दाता कम्पनी, सम्बन्धीत श्रम कार्यलय तथा अध्यगमन बिभाग सङ्ग नेपाल मा रहेका नेपाली दाजुभाइ दिदी भहिनी को भिसा जोगाइ दिने सम्बन्धी कामहरु गरिरहेको छु।

NRNA कोरियाको के छ खबर? नयाँ कायॅ योजनाहरू के के छन्?

आहिले NRNA कोरिया को खबर भन्नू पर्दा नेपाल मा रहेको हाम्रो नेपाली दाजुभाइ तथा दिदी बहिनी जो बिदा तथा विभिन्न कारण ले नेपाल गएर कोरोना भाइरस को कारण लकडाउन मा परि फर्कन सक्नु भएको छैन वहाँ हरु लाई सकेसम्म सबै को रोजगार गुम्न नदिइ कोरिया फर्काउने र यहा कोरिया मा भिसा समाप्त भइ नेपाल जाने लाई पठाउने कार्यमा केन्द्रित छौ।सथै यश कोरोना को महामारी को अन्त्य पछि देश बिकाश को लागि यहाँ कोरिया को प्रबिधि तथा लगानी नेपाल भित्राउने , कोरिया को विभिन्न ठाउँ मा नेपाली दाजु भाइ दिदीबहिनी हरुलाइ शिपमुलक तालिमहरु गराउने जस्ता विभिन्न योजना हरु रहेको छन ।

NRNA कोरियाका पदाधिकारीहरूले निवार्चन अगि गरेका बाचाहरू पुरा गरेनन् भन्छन् नि, खासमा कुरा के हो?

NRNA चुनाव मा धेरै बाचा हरु गरिएको छ त्यस मध्य आधा भन्दा धेरै पूरा भएका छ्न बाकी हामी पूरा गर्ने क्रम मा थियौ कोरोना भाइरस को महामारि संगै रोक्कीएर रहेका छन् तर हामी सबै पूरा गर्छौ।

NRNA कोरिया र तपाईंको पनि नेपाली मिडिया र मिडिया कर्मी साथीहरु सँग समन्वयतात्मक भुमिका अलि कमजोर छ भन्ने सुनिन्छ नि?

मलाई मिडिया कर्मी साथीहरुप्रती कुनै दुखमनाउ तथा पुर्बाग्रह छैन । म चुनाब मा आउनु अघी मलाई कोरियामा रहेको नेपाली समाजमा चिनाउनेनै कोरियामा रहेका आदरणीय मिडियाकर्मि साथिहरु हुनुहुन्छ। यो गुण म कहिले बिर्सने छैन। तर आफू पनि केही गर्न नसक्ने अनि निस्वार्थ भावना को साथ नेपाली समाजको लागि केही गर्छु भन्ने म जस्ता ब्यक्तिहरुलाई निरुत्साहित गर्ने केही अह्ममपन र नराम्रो सोच बोकेर हिडेका केही मिडियाकर्मी साथिहरु को कारण सिङ्गो कोरियाका मिडिया कर्मी साथीहरुलाई नै म प्रति नराम्रो छाप परेको छ। यसले मलाई ज्यादै दुखी बनाएको छ। मेरो बिचारमा मिडिया र हामी सामाजिक अभियान्ताहरू एक सिक्का दुइ पाटा हौँ र हामी दुई बिचको सुमधुर सम्बन्धले नै सबल र सक्षम समाज निर्माणमा सहयोग पुग्दछ। मेरो कोरियामा भएका नेपाली मिडिया प्रति कुनै नराम्रो तथा असमन्वयतात्मक भावना नरहेको र म सधैँ सहकार्य र सम्वन्धको लागि सदैव तत्पर रहेको समेत तपाईंको मिडिया मार्फत जानकारी गराउन चाहन्छु।

NRNA कोरियाका कही पदाधिकारीले सञ्चार कर्मी साथीहरुलाई नेपाल फर्काइदिने सम्म धम्की दिएको सुन्नमा आएको छ, के एक नेपाली ले अर्को नेपालीलाई गर्ने ब्यबहार यही हो? मिडियामा आएका समाचारहरू चित्त नबुझेमा सम्बन्धित निकायमा आपत्ति जनाउन सकिन्छ नि होईन र?

केही ब्यक्ति त्यस्तो गरे होलान तर सिङ्गो NRNA कोरियाले त्यस्तो कहिले नि भनेको छैन । एउटै घर मा त फरक-फरक सोच भएका ब्यक्तिहरू हुन्छन् भने NRNA भित्र नि फरक सोच भएका ब्यक्तिहरु पक्कै छन् होला तर त्यो त मिडिया कर्मि भित्र नि छैननू भन्न कदापी सकिँदैन। तर त्यस्ता कथित ब्यक्ती कै कारण सिङो NRNA सस्थालाइ नै बिपक्ष तथा प्रतिपक्ष्य बनाउनु सिङ्गो मिडियाकर्मी साथी हरुलाइ सुहाउँदो तथा स्वतन्त्र पत्रकारिता चाहिँ मानिन्छ जस्तो मलाइ लाग्दैन । कसैले आफ्नो बिरुद्ध नराम्रो लेख्दा प्रष्टयाउन लगाउनु को सट्टा धम्काउनु नेपाल पठाउछु भन्नू चाहिँ दु:खद कुरा हो । यदि हामी भित्र त्यस्तो ब्यक्ती कोइ छ भने हाम्रो कार्य समिती मा जानकारी गराइदिनु हुन हामिले बिज्ञप्ति मर्फत भनी सकेका छौ र त्यस्तो ब्यक्ती लाई सस्थागत कार्र्बाही हामी गर्छौ र सस्थाका ब्याक्ती लाई सस्थागत नियम मा राख्नु पर्छ यो संगठित मिडिया तथा अन्य सस्था सबैमा लागू हुनै पर्छ।

NRNA कोरियाले त बिज्ञप्ति नै निकालेर मिडिया कर्मी साथीहरुहरलाई पत्र मार्फत समाचारको स्पष्टिकरण नै माग्नु भयो, के अब नेपाली मिडिया र मिडियाकर्मी साथीहरुले समाचार लेख्दा NRNA कोरियालाई सोधेर समाचार लेख्नु पर्ने हो? NRNA कोरियाको यस कदमले सञ्चारकर्मीहरुको अधिकार नै कुण्ठित भए जस्तो लाग्दैन?

कसैले आफ्नो बिरुद्ध नराम्रो लेख्दा प्रष्टयाउन लगाउनु को सट्टा धम्काएर नेपाल पठाउछु भन्नू चाहिँ दु:खद कुरा हो । यदि हामी भित्र त्यस्तो ब्यक्ती कोइ छ भने हाम्रो कार्यसमिती मा जानकारी गराइदिनु हुन हामिले बिज्ञप्ति मार्फत भनेका छौं र त्यस्तो ब्यक्ती लाई सस्थाको तर्फबाट कार्र्बाही हामी गर्छौ। सस्थाका ब्यक्ति लाई सस्थागत नियममा राख्न कै लागि र केही मिडिया कर्मि हु भन्ने साथीहरु ले NRNA ले लुट तन्त्र गरो, NRNA कोरिया भित्र का पधाधीकारी ले मार्छु काट्छु, रगत को खोलो बगाउछु भन्ने जस्ता आछेप लगाएकोले त्यस्ता पदाधीकारीले भनेको कुरा प्रमाण साहित चिनाइदिन र सस्थागत कार्बाही गर्नको लागि हामिले विज्ञप्ती निकालेको हो । त्यस्ता धम्काउने थर्काउने जस्ता ब्यक्ति सङ्ग सँगै सहकार्य गर्दै आगाडी बढ्न नसकिने भएकालेे स्पष्ट पारिदिनको को लागि हामीले स्पष्टिकरणको लागि पत्र पठाउछौँ। यदि त्यस्ता ब्यक्तीले स्पस्ट पार्न नसके सम्बन्धीत सस्था बाट उक्त ब्यक्तीलाई कारबाहिको माग समेत गर्दछौँ।

NRNA कोरियाको पहलमा नेपाल बिदामा गएका र काम छोडेर गएका EPS मा कार्यरत साथीहरुलाई कोरिया ल्याउने भन्ने सुनिएको थियो तर अहिले स्थगित भयो भन्ने सुन्नमा आएको छ, सिङ्गो NRNA कोरिया तपाईंको कारण चलायमान छ। यसको बारेमा स्पष्ट रूपमा बताइदिनुस न।

हामिले पहिले नेपाली ध्वजाबाहक जहाज नै ल्याएर नेपालीको रेमिटेन्स नेपाल मै सदुपयोग होस र ऐतिहासिक रुप मा प्रथम नेपाली श्रमिक सहित हो चार्टर प्लेन ल्याउन चाहेको हो। यो प्रकृया गर्ने क्रम मा विभिन्न बाधा आइपरे। RA को गद्दारी तथा अन्य कमिसनको खेलले गर्दा हामीलाई काम गर्न गाह्रो भयो तर हामिले अन्तराष्ट्रिय ध्वाजाबाहक जहाज प्रयोग गरेर भएपनी नेपाली को भिसा र कोरिया को सपना प्रत्ती हामी सम्बेदनसिल भएर लागिरहेको छौँ र चाडैँ नै ल्याउनको लागि विभिन्न प्रकृया भैरहेको छ। हामीमा कुनै स्वार्थ छैन । त्यस्तो स्वार्थ भए हामी बाहिर जस्ताको त्यस्तै बाहिर ल्याउछौ । यो बिपत को समय मा धेरै बिरोध भन्दा पनि संबेदनसिल भएर लागि पर्ने लाई काम गर्न दिनुहोस । सत्य त अवस्य बाहिर आउँछ। काम सफल हुनु अघीनै खुट्टा तान्नु ,बिरोध गर्नु चाहिँ राम्रो होइन। काम गर्ने ब्यक्ति लाई उत्साहित गर्नु भन्दा निरुत्साहित बनाउनाले नै हाम्रो देश बिकास हुन नसकेको हो।

कोरियामा रहेका नेपाली कामदारहरू र नेपाली समुदायका लागि NRNA कोरियाले के कस्तो तबरले सहयोग गरि राखेको छ? निशुल्क NRNA कोरियाको सदस्यता दिने भनेर बाध्यकारी रूपमा सिमकार्ड लिन पर्ने भन्ने सुन्नमा आएको छ, खासमा बास्तबिकता के हो? यदि यसो हो भने सदस्य बन्ने ब्यक्तिको ब्यक्तिगत जानकारी चुहावट हुन सक्ने जोखिम पनि देखिन्छ। खास कुरा के हो?

 
विभिन्न चोट पटक ,दुर्घटना मृत्यु , भाषागत समस्या ,भिसा लगायत श्रम सम्बधिका हरेक समस्या प्रत्यक्ष म लगाएत हाम्रो अन्य पदाधिकारीहरूले मिलेर हेरिरहेको छौँ। नि:शुल्क तथा स-शुल्क सदस्यता सम्बन्धि ब्यक्ति को इच्छा को बिषय हो । नि:शुल्क सदस्य लिन चाहने ब्यक्तिले JD मोबाईल को एक ब्यक्ति एक वटा सिम मात्र दिने भनी हाम्रो MOU भइसकेको छ। नि :शुल्क सदस्याता लिन चाहने ब्याक्तिको ब्याक्तिगत जानकारि चुहावट लागाएत सम्पुर्ण जिम्मा NRNA कोरिया ले लिन्छ। स:शुल्क सदस्याता लिन चाहनेले NRNA कोरिया को खातामा निस्चित दस्तुर जम्मा गरि सदस्यता लिन सक्नु हुनेछ।

अन्त्यमा कोरियामा रहेका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ?

 म पनि एक नेपाल आमा को सपूत हु । पहिला मैले पनि दुख पाएर नै यहाँ सम्म आइपुगेको हुँ। त्यसैले पुर्ब मेची देखि पश्चिम लिम्पियाधुरा सम्मका नेपाली दाजु भाइ ले दुख पाउँदा म झन धेरै दुखि हुन्छु । बिरानो देशमा समस्या हुदा दुख पाउँदा सहयोग गर्ने मान्छे, आफ्नो पक्ष मा बोल्ने मान्छे हुदा जो कोइलाई पनि खुसी लाग्छ र तो खुशी कहिले नबिर्सिने पल बन्छ । म पनि पहिले कोइ अग्रज बाट प्रेरित छु । त्यसैले सहयोग गर्नु पाउँदा र मैले गरेको सहयोग सफल हुदा सारै खुशी लाग्छ। मेरा आफ्ना भोगाइ र अनुभव राख्नको लागि मौका दिनु भएकोमा कामदार दैनिक र कामदार दैनिक परिवार प्रति हार्दिक धन्यवाद दिन चाहान्छु साथै आगामी दिनहरुमा पनि अझ सक्रिय रूपमा नेपाली र नेपाली समुदायको सेवामा लाग्ने छु।