काठमाडौं । नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव सुशिल नाहटालाई पितृ शोक परेको छ । नाहाटाका पिता शहिद स्व.रुपचन्द नाहटाका छोरा श्री जुगल किशोर नाहटाको यही जेठ १४ गते ७९ वर्षको उमेरमा असामयिक निधन भएको हो । यस खबरले हामीलाई स्तव्ध बनाएको छ । साथै यस दुःख घडीमा मृत आत्माको चीरशान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनप्रति कामदार दैनिक डककम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
