NRNA टर्कीका अध्यक्ष श्री उज्जल कुमार घिसिंङको
जन्म रामेछाप ज़िल्ला, हाल खाँड़देवि गाउपालिका वार्ड नम्बर ६ मा भएको हो। बहुप्रतिभाका धनी घिसिंङ बिगत ३ वर्ष देखी टर्कीमा बस्दै आउनुभएको छ। प्रस्तुत छ कामदार दैनिकका लागि सन्तोष खड्काले तयार पार्नु भएको उहाँसँगको कुराकानी:

उज्वलजी नमस्कार! आरामै हुनुहुन्छ? के मा व्यस्त हुनुहुन्छ हिजो आज?
हजुर सन्तोष जी नमस्कार! म आरामै छु। भर्खरै टर्कीमा रहेको नेपालीहरूले धेरै वर्ष पछि एन.आर.एन .ए पाएको छ । यही बिषय बस्तुको छलफलहरुमा ब्यस्त छु।
NRNA टर्कीको के छ खबर? कुन उद्देश्यका लागि NRNA टर्कीको स्थापना भएको हो? नयाँ कायॅ योजनाहरू के के छन्?
सन्तोष जी सर्वप्रथम त टर्कीमा नेपाली समाज कसरी स्थापना गर्नु भयो भन्ने बिषयमा म केही कुराहरू राख्न चाहन्छु। म सानै उमेरदेखि नै अन्याय र अत्याचारको विरुद्ध लड्ने, न्याको पक्षमा बोल्ने, गरीब दुखी असाय, अपठेरोमा परेकोलाई सहयोग गर्ने प्रकृतिको छु। यसै क्रममा म टर्कीको इस्तांबुल आय लगतै एक जना नेपाली पार्कमा भेटे। उहासँग कुरा गर्दै जाँदा उहाँ लामो समय देखी पार्कमा बेबारिसे अवस्थामा बस्दै आउनुभएको कुरा थाहा भयो । उहाँसँग कागजात केही पनी नभएकोले अलपत्र पर्नु भएको रहेछ। उहाँलाई नेपाल फ़र्काउन एक जना व्यक्तिको सर सहयोगले सम्भव नहुने कारणले गर्दा मैले नेपाली समाज गठन गर्नु पर्ने आबस्यकता महसुस गरे। किनकि यस्ता किसिमका सर-सहयोग समाजले मात्र सम्भव थियो। यसै कारणले हामीले नेपाली समाजको भेला गर्यौँ। उक्त भेलाबाट मलाई सर्व सहमतीमा नेपाली समाज टर्कीको अध्यक्षको ज़िम्मावरी दिनुभयो। पछि हामी सम्पूर्ण नेपाली टर्की समाजको सहयोगले उहाँलाई टाभल डकूमेंट बनाई नेपाल पाठाउन हामी सफल भयौँ र आज हामीले टर्कीमा NRNA को आबस्यकता महसुस गरेर NRNA टर्कीको स्थापना गरेका छौँ। किनकी टर्कीमा नेपाली राजदूतावास नभएको हुदा टर्कीमा बसोबास गर्ने नेपालीहरुलाई असहज परिस्थिति पनि छ। NRNA टर्कीले नेपाली राजदूतावास इस्लामाबाद पाकिस्तान र टर्कीबासी नेपालीरहेका बिचमा पुलको रूपमा समेत काम गर्ने छ। अहिले नेपाली राजदूतावास इस्लामाबाद पाकिस्तानका नेपाली कान्सलर पारस पण्डित ज्यूले टर्कीमा रहेको नेपालीहरुलाई भई परी आउने समस्यालाई समाधान र ठुलो सहयोग गर्दै आउनु भएको छ। म हजुरको पपुलर मिडिया कामदार दैनिक मार्फत हार्दिक धन्यवाद समेत दिन चाहान्छु। हाम्रा कार्ययोजनाहरू यस प्रकार छन्:
१. क्षेत्रीय समन्वय परिषदहरुको बिस्तार गरि, धेरै भन्दा धेरै टर्की निवासी नेपालीहरुलाई गैह्र आवासीय नेपाली संघसँग जोड्ने
२. टर्कीमा नेपाली दुतावास नभएको हुँदा यस देशमा बसोबास गर्ने सकभर सम्पुर्ण नेपालीहरुको तथ्यांक राख्ने
३. आपतकालीन टेलिफोन नम्बर सञ्चालनमा ल्याउने
४. आपतकालिन राहत कोष खडा गर्ने । जसले आपत विपतम नेपाल या टर्कीमा रहेका नेपालीहरुलाई राहत सेवा उपलब्ध गराउने छ ।
५. टर्कीस व्यापारी तथा उद्यमीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने र त्यसको लागि वातावरण निर्माण गर्ने ।
६. नेपालमा पर्यटन व्यवसायको सम्बर्द्धन र बिकासको लागि टर्कीबाट नेपालमा पर्यटक भित्राउन विभितन्न कार्यक्रमहरु सञ्चालन गर्ने ।
७. नेपाल – टर्की स्थायी कुटनितिक तथा मित्रवत सम्बन्ध स्थापनार्थ टर्कीमा नेपाली दुतावास सेवा राख्न पहल गर्ने
८. टर्की र नेपाल दुवै सांस्कृतिक रुपमा सम्पन्न राष्ट्र रहेको हुँदा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्ने र नेपालमा पनि गर्न टर्किस नागरिक तथा संघसंस्थाहरुलाई प्रोत्साहन गर्ने ।

टर्कीमा रहेका नेपालीहरूको पछिल्लो अबस्था के छ? त्यसैगरी टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुमा कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह समेत गरिएको भन्ने सुन्नमा आएको थियो। प्रकॄया कहाँ पुग्यो?
सन्तोष सर हमीले टर्कीमा रहेका नेपालिहरूलाई स्वदेश फर्किनको लागी नेपाल सरकारलाई पहल र आग्रह समेत गरेको कुरा सत्य हो। पहल कदमी भैराखेको छ। अब नेपाल सरकारले टर्कीबाट पनि छिट्टै नेपालीहरुलाई स्वदेश फर्काउने कुरा भइराखेको छ तर नेपाल सरकार बाट हामीलाई कुनै बैधानिक कागजात भने आइसकेको छैन। हामीले छिट्टै प्राप्त हुन्छ भन्नेमा बिश्वस्त छु।
टर्कीमा रहेका नेपालीहरुमा कोरोनाको जोखिम कतिको छ? NRNA टर्कीको तर्फबाट टर्कीमा रहेका नेपालीहरुका लागि के कस्तो सेवा तथा सुविधाहरु प्रदान भइरहेका छन्?
टर्कीमा भएका नेपालीहरुमा खासै कोराना छैन भन्दा पनि फरक पर्दैन। किन कि यो भन्दा पहिले एक जाना नेपालिले क्वारेन्टाइनमा रहँदानै दुई तला बाट हमफालि आत्म हत्या गरेको थियो भने ५/६ जना क्वारेन्टाइनमा राखेको थियो र अहिले सबै घर फर्कि सक्नुभएको छ। अहिले एक जना मात्र क्वारेन्टाइनमा हुनुहुन्छ र उँहा नी आज भोलीनै घर फर्किदै हुनुहुन्छ।
अन्त्यमा टर्कीमा रहेका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ?
सन्तोष जी सर्व प्रथम त टर्कीमा एन आर एन ए गठन गर्न पाउदा टर्कीमा रहेको हामी नेपालीहरु धेरै खुसी छौँ। यसको लागि सम्पूर्ण टर्कीमा रहेका नेपालीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु साथै टर्कीमा NRNA स्थापनार्थ बिशेष पहल र योगदान गर्नुहुने NRNA बरिष्ठ उपाध्यक्ष डा. बद्री केसी ज्यूलाई सम्झिदै उहाँलाई हार्दिक धन्यबाद दिन चाहन्छु। आगामी दिनहरुमा अझ सक्रिय रूपमा टर्कीमा रहेका नेपालीहरुको सेवामा लाग्ने प्रण समेत गर्न चाहन्छु।
