कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा हालसालै छ जना यूवाहरुको ज्यान लिने गरी रुकुममा भएको घटनाप्रति घोर निन्दा

मुख्य समाचार

 सन्तोष खड्का, कामदार दैनिक 

नेपालकी पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री एंव नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले हालै छ जना यूवाहरुको ज्यान लिने गरी रुकुममा भएको घटनाप्रति घोर निन्दा गर्नभएको छ।आजको एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग-उपल्लो बर्गको नाममा हत्या हिंसा हुने हो भने हामीले २००७ साल देखि सबैखाले बिभेदको अन्त्यको लागि गरेको क्रान्ती, आन्दोलन, जनआन्दोलन के का लागि भन्दै यस घटनालाई कुनैपनि राजनीतिक दलहरुले राजनीतिक रंग नदिई सत्य तथ्य खोजविन गरी, जो जसको संलग्नता भएपनि निष्पक्ष छानबिन गरि दोषि उपर कडा भन्दा कडा कानूनी कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुुुएको छ।

साथै देशमा भईरहेको बलात्कारको घटना, छुवाछुतको नाममा भएको घटना लगायतका सबै प्रकारका बिभेद तथा कुरितिहरूको नाममा भएका घटनाका दोषिलाई मृत्युदण्ड दिने कानून ल्याउन पनि सरकारलाई आग्रह गर्नुभएको छ। सबै खाले बिभेदको अन्त्य गरौं र सु-संस्कृत समाजको निर्माण गरौं भन्दै उहाँले सत्यको पक्षमा उभिन सबैलाई अनुरोध गर्नुुुएको छ। नेतृ सुजाता कोइरालाको राजनीति सकृयता धेरै बढेको छ। सिमाको पक्षमा उहाँको अडानलाई सबैले मुक्त कण्ठले प्रशंसा गरेका छन्।