खोटाङ ऐंंसेलुखर्क गाउँपालिका र मातृभूमि बाकाचोल सेवा समाजद्वारा खाद्यान्न सहयोग

समाचार
काठमाडौं। खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका साविक बाकाचोल गाविस बाट काठमाडौं उपत्यकामा आई विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरु, विद्यार्थीहरु, उपचाररत बिरामीको लागि गाउँपालिका र मातृभूमि बाकाचोल सेवा समाजद्वारा खाद्यान्न सहयोग गरिएको छ।

खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका वडा नं.२ का वडाध्यक्ष सन्तवीर तामाङको सक्रियतामा उपलब्ध गराएको खाद्यान्न २१० परिवारलाई र मातृभूमि बाकाचोल सेवा समाजद्वारा ११० परिवारलाई गरि कुल ३२० परिवारलाई बूढानीलकण्ठ नगरपालिका वडा ११ का समाजसेवी ईन्जिनियर श्यामबाबु श्रेष्ठको व्यवसायीक भवनबाट निरकुमार तामाङ र मातृभूमि बाकाचोल सेवा समाजका अध्यक्ष टिकाराम पुरीको समन्वयमा वितरण गरिएको थियोे।

समाजसेवी तथा नेकपा बूढानीलकण्ठ-१० का अध्यक्ष जगत प्रसाद निरौलाले व्यवस्थापन गरेको खाद्यान्न सहयोग वितरण कार्यक्रममा मातृभूमि बाकाचोल सेवा समाजका कोषाध्यक्ष हेमकाजी पुरी लगायत पदाधिकारीको उपस्थिति रहेको थियो।

खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका वडा नं.२  स्थायी घर भएपनि विभिन्न उदेश्यले उपत्यकामा रहेका खोटाङका वासिन्दालाई लकडाउनको समयमा भोग्नु परेका पिडालाई अलिकति भएपनि राहतको महसुस होस् भनेर खाद्यान्न सहयोग गरिएको समाजका अध्यक्ष टिकाराम पुरीले बताए। उक्त सहयोगमा चामल – २५ केजी, दाल – २ केजी, नुन – १ केजी र तेल १ लि. प्रदान गरिएको थियोे।