१४ कार्तिक २०७७, शुक्रबार

कोरियामा रहेका चामुण्डा विन्द्रासैनिका युवाहरु द्वारा स्वास्थ सामग्री सहयोग

kamdardainik.com (First, Fast & Accurate)

सन्तोष खड्का 

कामदार दैनिक 

कोरियामा रहेर संगठित चामुण्डा विन्द्रासैनिका युवाहरुले नगरपालिका लाई स्वास्थ सामग्रि सहयोग गरेका छन्। रोजगारिका लागि दक्षिणकोरिया रहेका चामुण्डा विन्द्रासैनि समाज दक्षिणकोरियामा आवद्ध युवाहरुले चामुण्डा विन्द्रासैनिका नाै वटा वडाका वितरण गर्ने गरि एक लाख पचास हजार वरावरको स्टेचर सहयोग गरेका हुन्।

सोमवार एक कार्यक्रमका विच नेपाल वाट संयोजन गर्नु भएका पत्रकार कृष्ण शाही ले नगर प्रमुख शुर्य वहादुर शाही लाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन। उक्त क्रममा नगर प्रमुख शाहीले सेवाको उच्च मुल्यांकन हुने र यस्ता कार्यको अागामि दिन हरुमा समाजमा गर्दैजान आग्रह समेत गरे ।

यसै गरि नगर उप प्रमुख तारा कुमारी शाहिले एकदमै सह्रानिय कार्यको प्रशंसा गर्नु भयो । समाग्री हस्तान्तरण गर्दै अभियान संयोजक कृष्ण शाहीले सेवा जहिले पनि अमुल्य हुने र निजि जिवनमा गरिने कार्य भन्दा सार्वजनिक जिवनमा गरिने कामले अनन्त सकारात्मक प्रभाव छोडिरहने भएकोले यस्ता काम प्रति सहकार्य गर्न सम्पुर्ण लाई आवाह्वान समेत गरे। उक्त समारोहमा नगरका विभिन्न वडाका वडा अध्यक्ष सुरक्षा निकायाका प्रमुख समाजिक अभियान्ता सर्वसाधारण नागरिकको समेत सहभातिगा रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *