सन्तोष खड्का
कामदार दैनिक
हामी सेवा गछौं मूल नारा को साथ स्थापना भएको लाईन्स क्लबहरू अमेरिका भरि छरिएर रहेका नेपाली लाईन्सहरूको प्रतिनिधित्व हुने गरि लाईन्स क्लब अफ कुईन्स बुध्दको आयोजनामा “ सफलताका कथाहरू २०२० मा विभिन्न प्रतिवेदन पेश गर्दै यहि जुलाई १८ गते भर्चुुल पद्धतिबा ३ घण्टा ३० मिनेटको भव्य कार्यक्रम समपन्न भएको छ ।
सामाजीक सँस्थाहरुको स्थापना र संचालन केवल समाज सेवाकै निम्ती केन्द्रित हुनुपर्छ भन्ने मान्यता लिएर स्थापित लाईन्स क्लब अफ कुईन्स बुध्ले आफ्नो स्थापना र सक्रियताको औचित्यलाइ विगतमा जस्तै फेरी एकपटक पुष्टि गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाको लागि नेपाली राजदुत डा.अर्जुन कार्कीले हामी नेपाली अरू समुदायको लागि असल भएजस्तै हामी आफ्नो समुदायको लागि असल बन्ने जीवनशैली
को विकास गर्नुपर्ने बताउदैँ विश्व एक घर जस्तै वनेको सन्दर्भमा र हाम्रा नेपालीहरू दाजु भाई दिदीवहिनीहरू विश्व भरि पुगेका अबस्थामा पनि आफ्नो भाषा संस्कृति लाई कहिले पनि नछोडेको भन्दै बरू आफ्नो समुदायमा जोड्ने र जोडिने धेरै उपायहरू निकालेर मानविय सेवामा लाग्नुनै नेपालीहरूको परिचय भएको भन्दै यसले हामीलाई वास्तविक रूपमा शान्ति र आनन्द समेत दिलाएको बताउनुभयो।
लाईन्स क्लब ईन्टरनेशनलका संजय खेतानले ले नेपाालको गरिमा सधैं उच्च स्थानरहेको जानकारी गराऊॅंदैं नेपाली भाषामा पनि लाईन्स क्लब अन्तराष्टि्य को पनि चाडै तयार हुने जानकारी पनि गराऊॅंनु भयो । अहिले कोरोनामा नेपाल सरकारसॅंग मिलेर सबैभन्दा अग्रपंतिमा रहेर मानविय सेवामा सक्रिय लाईन्स हरू नै रहेको जानकारी पनि दिनु भयो ।
लाईन्स क्लब बाट पहिलो नेपाली राजेन थापाले अमेरिका लाईन्स क्लबहरूको अवसर र चुनौतिहरूमा प्रकाश पार्नु भएको थियो। अमेरिकामा धेरै लाईन्स क्लब हरू र नेतृत्वहरू पनि जन्मिने क्रममा रहेको जानकारी गराऊॅंनु भएको थियो ।
अर्का अथिति राज श्रेेष्ठले नेतृत्वको विकास र अवसर , चुनौतिको बिषयमा सविस्तार प्रष्ट् पार्नु भएको थियो । वहाॅंले लाईन्स क्लब ले कसरी काम गर्ने भनेर जानकारी गराऊॅंनु भएको थियो। त्यसैगरि बियान पंथले लियो क्लब को आवश्कता र औचित्यमाथि प्रकाश पार्नु भएको थियो । क्रमश अतिथिहरूमा थलराज पंथ , मीना क्षेत्रि , संजय थापा , कपिलदेव सुवेडी , अस्मिता फुयल ले आ- आफ्नो सान्दर्भिक मन्तव्य राख्नुभएको थियो त्यसैगरि बिन्दु सापकोटाले आफ्नो सुन्दर प्रस्तुत गर्नु भएको थियो।
लाईन्स क्लब अफ कुईन्स बुध्दका अध्यक्ष रिमाया नेपालीले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थापक अध्यक्ष कृष्ण आचार्य ले कार्यक्रम संचालन गर्नु भएको थियो। सफलता कथाहरू त्यस कार्यक्रमको सचिवालयमा दिपकराज घिमिरे ,अर्जुन गौडेँल, रिमाया नेपाली, बुध्द पौडेल, बेगम पंडित, विकि पुलामी को टिमले कार्यक्रम सफल बनाऊॅंन भरपुर सहयोग गर्नु भएको थियो ।
कार्यक्रमको आयोजना डिस्ट्रिक २०-के१ ,न्युयोर्क ,क्विन्स बुद्ध लाइन्स क्लबले गरेको थियो बैठक सामाजिक संजाल मार्फत परोक्ष( भर्चुअल) पद्धति द्वारा भएको थियो , कार्यक्रमको प्रत्यक्ष प्रशारण क्विन्स बुद्ध लाइन्स क्लबको फेसबुक पेजबाट भएको थियो। मिडिया पाट्नरका रूपमा मकै हाऊॅंस , डि४ कि्र्यशन रहेका थिए।
