काठमाडौं । नेपाली चलचित्रको प्रख्यात कलाकार गोपाल राउतको हृदयघातको कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा स्वर्गारोहण भएको थाहा भएको छ ।
लामो समयदेखि अमेरिका बस्दै आएका कलाकार राउत टेलि चलचित्र रुपमती, गुलाफ एकैपटक फुल्छ लगायत दर्जनौमा अभिनय गरिसक्नु भएको थियो । साथै उहाँले ठूला पर्दाका चलचित्रहरु प्रेमयुद्ध, दोधारलगायत कयौं फिल्महरुमा अभिनय गरिसक्नु भएको छ ।
कलाकार राउत डिउटीमै हृदयघात भएको समाचार प्राप्त भएको छ । आगामी शुक्रबार नेपाली परम्परा अनुसार अमेरिकामै उहाँको गरिने उहाँको सासू लक्ष्मी शर्माले बताउनु भयो ।
उहाँको एक श्रीमती दुई छोरा र एक बुहारी छन । उहाँको आत्माले शान्ति पावस र परिवारमा समवेदना प्रकट गर्दछौं ।
