१४ कार्तिक २०७७, शुक्रबार

हराउँदैं गएको नैतिकता र भ्रष्ट आचरण

kamdardainik.com (First, Fast & Accurate)

  -माधव बानियाँ

संसारकै सर्वश्रेष्ठ प्राणी मानिने मानवले बिज्ञानको बिकास र भौतिक प्रगतिको निरन्तर प्रगति र उन्नतीले मान्छेमा नैतिकता र आचरण क्षय हुदैं गइरहेको हो त ? भौतिक बिकासले मान्छेको आचरणमा प्रभाव पारेको हो वा मान्छेको बढ्दो महत्वकाङ्क्षा र ब्यक्तिवादी, परिवारवादी प्रवृतिले उसमा मूल्य, मान्यता, संस्कार, परम्परा, नैतिकता आदिमा लम्पट स्वार्थी भई आन्तरिक ज्ञान, चेतना शुन्य हुदैं गएको हो ? समाजको बनोट बिभिन्न बर्ग समूदाय, लिङ्ग, जातजाति, भाषाभाषि आदि समूदायको एकिकृत बसोबासबाट निमार्ण हुने र त्यस्ता समुदायमा केही ब्यक्ति, वर्ग समाजका अगुवा रुपमा स्थापित हुने गर्दछन् । ती वर्गले समाजलाई डो्याउने वा उनीहरुको पदचापलाई पछ्याउने काम आम मानिसले गरिरहेका हुन्छन् । हाम्रो जस्तो समाजमा समाजको अगुवाको रुपमा देखा पर्ने शिक्षक कर्मचारी, सामाजिक कार्यकर्ता, नेता आदिमा नैतिकता हराउँदैं गएको, आचरणमा पतनमुख भएको भष्टाचारमा लिप्त भएको ब्यवहारमा कठोरता हुदैं गएको घटना वा प्रसङ्ग प्राय सुनिने वा देखिने गरिन्छ ।

 “कुनैपनि देश कति समृद्धशाली छ वा त्यो देशको बिकास वा काम मुख्य रुपमा के मा निर्भर रहेको छ भन्ने कुरा त्यस देशका नागरिक कुन स्तरका छन् , तिनको चेतना स्तर कस्तो छ मुख्य रुपमा त्यो देशको शिक्षा पद्धतिमा निर्भर रहेको हुन्छ । नैतिक शिक्षा आजको अपरिहार्यता हो ।”

कुनैपनि देश कति समृद्धशाली छ वा त्यो देशको बिकास वा काम मुख्य रुपमा के मा निर्भर रहेको छ भन्ने कुरा त्यस देशका नागरिक कुन स्तरका छन् , तिनको चेतना स्तर कस्तो छ मुख्य रुपमा त्यो देशको शिक्षा पद्धतिमा निर्भर रहेको हुन्छ । नैतिक शिक्षा आजको अपरिहार्यता हो । चारित्रिक दृढता अनुशासित एवंम संयमित जीवन जिउने प्रेरणा नै आजको नैतिक शिक्षा हो । नैतिक बिचारले बालबालिकामा उचित, अनुचित, बिबेक, बुद्धि उत्पन्न गराई जिबन संघर्षित बनाउँछ । प्राचीन समयमा हाम्रा ऋषिमुनिहरुद्धारा प्रदान गरिने गुरु कुलिय शिक्षा पद्धतिमा नैतिकताको प्रचुरता थियो । कुनैपनि ब्यक्तिको बौद्धिक वा चारित्रिक निमार्ण धेरै हदसम्म प्रदान गरिने शिक्षा प्रणालिमा निर्भर रहेको हुन्छ । मान्छेलाई समाजमा वा परिवारमा सर्वश्रेष्ठ वा सुयोग्य बनाउनको लागि धर्म कर्तब्य र आचरण बिचारको कल्पनाको सर्वश्रेष्ठ रुप नै नैतिकता हुन्छ । मान्छेले जुन सत्कर्म र बाटो वा उद्देश्यबाट मनुस्यको जीवन सुन्दर र सफल हुन्छ त्यसलाई नै नीति मानिन्छ र त्यहि नीतिको सिद्धान्त अनुसार जीवन यापन गर्नु नै नैतिकता हो । कठोर जीवन परिश्रम खोज एवंम सतत् प्रयत्नले नै कुनै पनि जातको उन्नति हुन्छ । ब्यक्ति जस्तो हुन्छ त्यो समाज पनि त्यस्तै हुन्छ । दुराचारी, अत्याचारी, भ्रष्ट, नैतिकवान नभएको ब्यक्ति वा त्यस्ता प्रवृत्तिको बोलबाला भएको ब्यक्तिको परिवार वा समाजबाट उन्नत, सुसस्कारी, नीतिवान सदाचारको अपेक्षा राख्नु कदापी उपयुक्त हुदैंन यसर्थ ब्यक्तिलाई नैतिकवान, सदाचारी र सुसस्ंकारी बनाउनु नै पहिलो आवश्यकता हो । हामी नैतिकवान हुन नसक्नु वा हामीमा हराउँदैं गएको नैतिकता सदाचार आचरणका कारण के हुन सक्छ ? नेपाल देश सनातन देखि सहिष्णुता, सदभाव र पबित्रभुमिको देश भएकोले यहाँका नागरिक पनि इमान्दार र सुसंस्कारी स्वाभिमान मानिन्छ । हामी नैतिकवान हुन नसक्नुको कारण कतै हाम्रो प्रणालीमा वा परिबेशमा वा शिक्षाको सम्रग प्रणालीमा त केही सुधार गर्नु पर्ने त होइन ? कुनै पनि मानिस भष्ट वा सदाचार नहुनुमा ब्यक्तिमा रहेको अन्तर निहत गुण अनि जिम्मेवार छ त्यत्ति नै मात्रामा बढि जिम्मेबार हाम्रो समग्र प्रणाली पनि रहेको छ । नैतिक शिक्षा वा शिक्षा प्रणालीले बालबालिकामा उचित, अनुचित, बिबेक बुद्धि उत्पन्न गराई जीवन संर्घषमय बनाउँछ । ब्यक्तिलाई समाज, देश, जाति, परिवार प्रेम प्रति कर्तब्य बोध र दायित्व बोध गराउँछ । आफु भन्दा ठूलालाई एवंम बृद्धको आज्ञा पालन, आदर, सत्कर्म, परोपकार, दयाकरुणा, उदारता, सहिष्णुता, सन्तोष, प्रेम, प्रसन्नता, सहयोग, बिश्वबन्धुत्व, एकता, देशभक्ति, त्याग बलिदान आदिको बिकासमा नैतिक शिक्षाले जोड दिन्छ ।

नेपालमा नैतिक शिक्षा र सदाचारको भावनाको आवश्यकता सवैक्षेत्रमा रहेको देखिन्छ । नेपालमा कर्मचारी प्रशासन वा कर्मचारी तन्त्रको कुरा गर्ने हो भने कर्मचारी भनेका जनताका सेवा गर्न वा जनताद्धारा तिरेका करबाट तलब भत्ता खाने हुनाले जनताप्रति उत्तरदायी हो भन्ने भावना भएको पाइँदैंन । कर्मचारी बर्गमा भ्रष्ट आचरण र जनतालाई शासित बर्ग आपूm शासक बर्ग रहेको भावना देखिन्छ । नेपालको समग्र कर्मचारी प्रसासनको कर्मचारी ब्यवस्था प्रणालीमा सुसासन देखिदैंन । नीति निमार्ण तहमा रहेका हाकिमको स्वार्थ र कार्यक्षेत्रमा प्रभावकारी देखिदैंन । सरकारको कुनै पनि योजना वा नीति तल्लो तह सम्म वा जनताको पहँुच पु्याउने बाहकको रुपमा कर्मचारी मात्र हो तर ती कर्मचारी तन्त्र किन यति भ्रष्ट आचरणमा लिप्त भए वा उनीहरु हौसियत गंभिर प्रश्नको रुपमा देखिन्छ । कुनै पनि मानिस आर्थिक रुपमा भ्रष्ट आचरण वा बदनियत मूख्य रुपमा नेपालको संदर्भमा २ वटा कारण रहको देखिन्छ । आर्थिक पक्षलाई बढी महत्व र नैतिक चेतनाको कमी । यदि मानवमा नैतिकता वा इमान्दारीता हुने हो भने मानिसले दुराचार वा अमर्यादित ब्यबहार गर्दैन । नेपालमा गणतान्त्रिक संबिधान २०७२ साल पछि सघिय राज्यको अबधारणा पश्चात स्थानीय निकायमा प्रदान गरीएको बजेटको दुरुपयोग ब्यापक रुपमा भएको देखिन्छ । उपभोक्ता समितिको नाममा स्थानीय तहका राजनैतिक दलको मिलोमतोमा कतिपय स्थानमा बजेट ५०% पनि सदुपयोग भएको देखिएको छैन । स्थानीय निकायमा बजेटको सदुपयोग अत्यन्त कहाली लाग्दो देखिन्छ । उदाहरणको लागि कुनै टोलमा बाटो फराकिलो पार्ने योजना वा ग्राबेल गर्न नगरबासिकाले आप्mनो सबै कागजी काम पूरा गर्दै जेठमा रकम निकासी गर्छ १७ लाख । उक्त रकमको लागि टोलका टाठाबाठा अगुवाहरुको एउटा उपभोक्ता समिति बन्छ । अनि उपभोक्ता समितिले ठेक्का लगउँछ यी सबै प्रक्रियामा बजेटको सदुपयोग केबल १० लाख मात्र हुन्छ भने बाँकी ७ लाख नगरपालिकाको अध्यक्ष, वडा अध्यक्ष, कार्यकारी अधिकृत उपभोक्ता समिति ठेकेदार इन्जिनियर आदि सबैले कानुनी प्रक्रिया पु्याई ७ लाख पचाइ सकेका हुन्छन् । नेपालको बिकासको यो एउटा ज्वलन्त नमूना मात्र हो । अझ माथिल्लो निकायमा हुने नीतिगत भ्रष्टाचार त पत्तै हुदैंन ? आखिर हामी किन यती भ्रष्ट हुदैं गइरहेका छौं ? हामी नैतिकहिन किन हुदैं गइरहेका छौं ? भनाइमा मात्र सिमित “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न” सरकारी कार्यालयमा रहेका नारा कति उपहास भएको छ ?

हाम्रो समाजले वर्तमानको अवस्थामा सामाजिक मूल्य मान्यता र सदाचारलाई भन्दा मान्छेको धन सम्पत्ति समाजमा उसको रवाव जस्ता प्रवृत्तिलाई बढी महत्व दिनाले समाजमा बृद्धद्वारा पनि अनैतिक कार्य गर्ने, मानविय भावना प्रकट भन्दा बढी स्वार्थीपना, लोभ लालचको तृष्णामा बढी आसक्त्ति देखाउने प्रवृत्ति पाइन्छ । जब मान्छेले थोरै समयमा वा छोटो समयमा धेरै आर्थिक लाभ लिन खोज्दछ तब भ्रष्टाचारको सुरुवात हुन्छ । उसले मिहेनत नगरी वा थोरै मिहेनत गरेर पनि धेरै धन आर्जन गर्ने चाहना राख्दछ । भ्रष्टाचारका अनेक रुप घुसखोरी, काला बजारी, पैसा लिएर काम गर्नु आदि रहेका हुन्छ । भ्रष्टाचारको प्रभाव कुनै पनि ब्यक्ति बिशेषसंग मात्र सिमित नरही पुरै देशमा पर्दछ । भ्रष्टाचारको कारणले समाजमा असमानता हुदैं जान्छ । धनी धनी हुन्छ भने गरिब झन गरिब हुदैं जान्छ । नेपालमा भ्रष्टाचारको आरोपी केही समयको पक्राउ वा कारागार बसाइ पछि छुटे पश्चात सामाजिक बहिस्कारमा पर्दैन जस्ले गर्दा ऊ समाजमा सजिलै स्थापित हुन्छ । उसमा झन अहंमता बढ्छ । त्यसकारण पुनः पनि भ्रष्टाचारको कार्यमा संलग्न भएको पाइन्छ । कठोर परिश्रम खोज एवंम संतत् प्रयास गरी जीवन यापन गर्नु पर्छ भन्ने मूल्य मान्यता मानवमा रहेको पाइँदैंन । आजको समाजमा दुःखद बिदम्बना पक्ष पनि यही नै हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *