सूचना प्रविधिको विकासले समृद्धिलाई सघाउँछ

मुख्य समाचार राजनीति समाचार

बारा, २१ असोज | कम्प्युटर एसोशिएसन नेपाल महासङ्घ (क्यान) का अध्यक्ष हेमन्त चौरसियाले सूचना प्रविधिको विकासले मुलुकको समृद्धि अभियानलाई सघाउने बताउनुभएको छ ।

क्यानको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनको आज बाराको कलैयामा उद्घाटन गर्दै उहाँले सूचना प्रविधिका माध्यमबाट आफूलाई विश्वसँग जोड्न सकिने बताउनुभयो ।

अध्यक्ष चौरसियाले बारामा सूचना प्रविधिको पहँुचलाई बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

क्यानका वरिष्ठ उपाध्यक्ष नवराज कुवँर, प्रदेश नं २ का प्रमुख बालकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य भुपालदास श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सदस्य सिकेन्द्र पासवान, सुदीप तिम्लसिना, अजय साहलगायतले सूचना प्रविधिका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

क्यानका जिल्ला संयोजक शशिभूषणप्रसाद यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

यसैैगरी अधिवेशनले गणेश ठाकुरको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्ष सुदीप तिम्लसिना, सचिव अरुण कुमार साह, सहसचिव जीवन थापा र कोषाध्यक्ष दीपक गुप्ता रहनुभएको क्यान बाराले जनाएको छ ।