लाईन्स क्लब अफ कुईन्स बुध्द्, नेपलीज र केटिअमको संयुक्क्त भर्चुयल ज़ूम बैठक सम्पन्न

समाचार

सन्तोष खड्का 

कामदार दैनिक 

“ हामी सेवा गर्छौं” भन्ने मूल नारा लिएर स्थापित भएका न्यूयोर्क कुइन्समा सक्रिय लाईन्स क्लब अफ कुईन्स बुध्द्, नेपालीज र केटिअमको संयुक्त पहलमा COVID-19 को महामारी पिडीतहरूलाई राहत र सहयोगको उद्देश्यले पूर्वगठित नेपाली लाईन्स नेर्टओर्क न्यूयोर्कलाई अझ बढ़ी परिस्कृत, सक्रिय र सेवामुखी बनाऊँनको निम्ति प्रत्येक क्लबवाट कृष्ण आचार्य, बेगम पंडित, अर्जुन गौडेल, रिमाया नेपाली, संजय थापा, पुरूषोत्तम पंथी , अच्यूत सिंदेल , राजेन्द्र खड्का, रूद्र पुन, अशोक कार्की , रूपा शाह, र शिव केसी, 4-4 जनाको प्रतिनिधित्वसहित हालै नेटवर्कको संयूक्त भर्चुयल ज़ूम बैठकबाट सम्पन्न भएको छ।


उक्त बैठकले नेटवर्कको नयाँ संयोजक लाईन्स क्लब कुईन्सबुध्दवाट कृष्ण आचार्य रहनेगरी लाईन्स क्लब केटीएमबाट अशोक कार्कीलाई कार्यक्रम संयोजक र लाईन्स क्लब नेपालिज़बाट अच्यूत सिंग्देललाई सचिवको जिम्मेवारीमा सर्वसम्मत मनोनयन गरेको छ । COVID-19 को बिध्यामान संकट अवस्था र अन्य मानवीय सेवा कार्यमा समेत नेपाली लायन्स क्लबहरूको एकीकृत र समन्वयात्मक सहकार्यलाई दीर्घकालसम्म निरंतरता दिनुपर्ने खाँचो महसूस गरी उक्त संयूक्त संजालको पुनर्गठन गर्ने सर्वसम्मत निर्णय गरिएको हो । नेटवर्कको स्थापना यहि मार्च महिनामा COVID-19 बाट पीड़ित समुदायलाई सेवा र सहयोग पुर्याऊॅंने मुख्य ऊद्देश्यसाथ भएको थियो । नेपाली समाजमा हालसम्म नेटवर्क मार्फ़त गरिएको सेवा-सहयोग कार्य सफल र उपलब्धिपूर्ण रहेकोले यस्को आवश्यकता र निरन्तरताको निम्ति सबै नेपाली लाईन्स क्लबहरू पुन: एकमत एवं एकजुट भएका छन् ।

न्युयोर्कमा स्थापित समान संस्थागत उद्देश्य बोकेका तिनवटै सक्रिय नेपाली लाईन्स क्लबहरूले नेपाली समुदायका साझा सवालहरूमा उपलब्ध स्रोत साधनको समन्वय र परिचालनसहित एकआपसमा मिलेर कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएका छन् । नवगठित नेपाली लायन्स संजालले रक्तदान र जनगरणा (Census-2020) जागरण कार्यक्रम तत्काल आयोजना गर्ने निर्णयसमेत गरेको छ ।