सन्तोष खड्का
कामदार दैनिक
लामो समयदेखि धार्मिक क्षेत्र पत्रकारिता, समाजसेवाका साथै ज्योतिषय सेवामा सक्रिय ज्यो. पं. कमल पौडेल विपि कोइराला युवा नेतृत्व विकास मञ्च कास्कीको अध्यक्षमा मनोनित भएका छन् ।लामो समय देखि ने बि संघ को राजनीति गरेका पौडेल श्री बिन्दुबसिनी संस्कृत क्याम्पस बगर का पुर्व इकाइ सभापति हुन् ।
लायन्स क्लब अफ पोखरा भिजिट का अध्यक्ष, विश्व हन्दू महासंघ कास्कीका महासचिव, नेपाल ज्योतिष परिषद् गण्डकी प्रदेश महासचिव, नेपाल पत्रकार मञ्च गण्डकी प्रदेश उपाध्यक्ष, प्रेस युनियन कास्कीका कार्यसमिति सदस्यसमेत रहेका पौडेल आइतबार मञ्चको अध्यक्षमा मनोनित भएका हुन् ।उनलाई आइतबार केन्द्रीय अध्यक्ष नीलकण्ठ रिजालले जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।योसंगै उनको राजनीतिक यात्राको पनि ढोका खुलेको छ ।पौडेलले अध्यक्ष मनोनित भए संगै बिपी कोइरालाका बिचारलाई युवा माझ पुर्याउन प्रशिक्षिण तथा कार्यक्रम संचालन गर्ने बताएका छन् ।
पौडेलसंगै मञ्चको २१ जिल्ला अध्यक्षमध्ये लमजुङमा श्रीकृष्ण पौडेल, स्याङ्जामा प्रकाश भुषाल मनोनित भएका हुन् । जिल्ला अध्यक्षहरुले अब कार्यसमिति विस्तार गर्ने बताएका छन् ।
कामदार दैनिक परिवार ज्यो. पं. कमल पौडेल लगायत सम्पूर्ण मनोनित अध्यक्षहरुुलाई हार्दिक बधाई एंंव सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।
