थुलुङदुधकोसी गाउपालिका ४ लाफ्लामा ५ घर पहिरोको उच्च जोखिममा

मुख्य समाचार समाचार

सोलुखुम्बुको थुलुङदुधकोसी गाउपालिका ४ लाफ्लामा ५ घर पहिरोको उच्च जोखिममा परेकोे छ । वर्षायाम सुरु भएयता लगातारको बर्षात भएपछि सडक बाटोमा पहिरो जाँदा रविन राई , सुमन राई, फुर्कविर राई, रणविर राई र एकराज राईको घर पहिरोको जोखिममा परेको हो ।

छिमेकी जिल्ला खोटाङको ऐसेलुखर्कबाट टुहुरे,लाफ्ला हुँदै जनकल्याण माध्यामिक विध्यालय जुबु जोड्ने सडकको ट्रयाक ओपनका कारण पहिरो जान थालेपछि स्थानियमा त्रास उत्पन्न भएको स्थानिय सुर्य राईले बताउनुभयो । पहिराकोे जोखिममा परेपछि स्थानिय सरकार समक्ष गत बर्षदेखि नै पटक पटक जानकारी गराएको भएपनि कुनै ठोस कदम नचाल्दा जोखिमको सामना गर्नुपरेको स्थानियहरुले गुनासो गरेका छन् ।

तर यता पालिका अध्यक्ष असिम राईले भने पहिरोको जोेखिममा परेको भन्ने जानकारी आएलगत्तै सो स्थानमा प्राविधिक टोली खटाएर जोखिममा रहेका स्थानियहरुलाई सुरक्षित स्थानमा सारिने व्यावस्था मिलाइएकोे,उनिहरुलाई आवश्यक पर्ने,त्रिपाल,भाँडाकुडालगायतका सा सामाग्रीहरु उपलब्ध गराइएको बताउनुभएको छ ।