विश्वका विद्यालयहरु पुनः खोल्ने तयारी  कसरी भएका छन् त ?

विचार/अन्तर्वार्ता

                                                           

                                            -लोक नाथ दाहाल

 

चिनको बुहान बाट सुरु भएको भनिने covid-19  को 

त्रासले विश्व नै आक्रान्त छ | विश्वको अर्थव्यवस्था विकास लगायतका धेरै अवयव हरु हाल चलाएमान छैनन् | विश्वमा नै मानव विकासको लागि सक्रिय संस्थाको रुपमा रहेको   विद्यालयहरु विगत आधा वर्षदेखि ठप्प प्राय छन्  |1.5  बिलियन विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् |अहिले covid-19  नै महामारीको रूपमा रहेको छ  | विश्वमा यस्तो  महामारीको बिचमा पनि विद्यालय खोल्न सकिन्छ कि सकिन्न भन्ने प्रमाणित गर्ने प्रयत्नहरू पनि हुँदैछन्  

 विश्व शक्ति राष्ट्र अमेरिका राष्ट्रपति   डोनाल्ड ट्रम्पले यसैहप्ता विद्यालय खोल्न  विद्यालयहरुलाई दबाब दिए तर अमेरिकाका शिक्षाविद्हरु र स्वास्थ्यसम्बन्धी  विज्ञहरुले उनको दबाबले समस्या ल्याउने सुझाव दिइरहेका छन् नेपालमा पनि विद्यालय खोल्ने समयको बारेमा पटक-पटक भएका मन्त्रीस्तरिय निर्णयहरु  समेत कार्यान्वयन योग्य छैनन् | विश्वका केही देशमा विद्यालयहरु खुले तर हप्तादिन पनि नखुल्दै बन्द भए, त्यसैले विज्ञहरु भन्छन् “स्वास्थ्य खतराको बावजुद पनि विद्यालय खोलेर मानव समुदायलाई जोखिममा पार्नु हुँदैन “|

  विश्वमाका  कहाँ-कहाँ विद्यालय खुले त  ?

  •  चीनको   वुहान सहरमा मे महिनाको सुरुका दिनदेखि नै  विद्यालय खुले बच्चाहरूलाई तापक्रम जाँचेर मास्क लगाएर निश्चित समयमा भिडभाड नगरी आउने जाने व्यवस्था मिलाएर नियन्त्रीत वातावरणमा विद्यालय सञ्चालन गरिएको थियो
  • डेनमार्कमा  मार्च 11 देखि नै स्कुल बन्द गरिएका छन्  जहाँ विद्यालय खोलेको एक महिनापछि बन्द गरिएको  थियो europcar देशहरुमध्ये denmark विद्यालय खोल्ने पहिलो देश हो |

 डेनमार्कको प्राथमिक बिद्यालयहरु अप्रिल 20 देखि नै खुलेका छन् | एकदमै सुरक्षा सतर्कता अपनाएर विद्यालयहरू खोलिएका हुन् |

  •  स्वीडेनमा 16 वर्षमुनिका बच्चाको कक्षा निरन्तर चलिरहेको छ |

 विश्वका धेरै देशका बच्चाहरु विद्यालय  खुल्ने आसमा  छन् तर     कोरोनाको  त्रासले उनीहरु घरबाट बाहिर निस्कन सम्म सकेका छैनन्

  •  ब्रिटेन फ्रान्स र इटालीका विद्यालयहरु सेप्टेम्बरदेखि व्यापकरुपमा खोल्ने तयारी गरिरहेका छन्

     जर्मनीमा 5 फिटको दुरीमा  विद्यार्थीलाई राखेर विद्यालय खोल्न गरिएको सहमति  कार्यान्वयन गर्न असम्भव जस्तै देखिएको छ ।

  •  रसिया  विश्वका देशहरू मध्ये चौथो धेरै संक्रमित देश हो | यस  देशले सेप्टेम्बर 1 देखि सधैंजस्तै विद्यालय खोल्ने भनी निर्णय गरिसकेको छ |
  • दक्षिण कोरियामा विद्यालय खुलेर पनि फेरि बन्द भए 
  •  चीनको बेइजिङमा संक्रमण फेरि देखिएको हुनाले विद्यालयहरु  फेरि बन्द गरिएको  छ |   

 केही देशहरु पर्ख र हेर को अवस्थामा………

  •  नेपाल र भारतमा विद्यालय बन्द रहेको तथा विद्यार्थीहरु घरमा रहेको अवस्था छ | नेपालमा विद्यार्थिलाई पाठ्यपुस्तक वितरण गरिएको छ र रेडियो टेलिभिजनबाट वैकल्पिक  प्रणालीमार्फत शिक्षा दिइरहेको छ यद्यपि  यो शिक्षा प्रभावकारी भने भएको  छैन |
  •  ब्राजिलमा केही निजी विद्यालयहरु यसै अगष्ट  महिनाबाट  खुलेका छन् | स्मरणरहोस् ब्राजिलमा अहिले शिक्षामन्त्री छैनन् र स्थानीय अधिकारीहरु द्वारा यस्तो कार्य गरिएको  हो |
  •     इजरायलमा संक्रमण बढ्दै गएकोले गर्न ढिलो गरिएको छ | उनीहरु पनि पर्ख र हेर को अवस्थामा  छन् |
  •  केन्यामा यो वर्ष स्कुल खोल्ने आश गरिएको छैन |शैक्षिकसत्र अर्को वर्षको सुरुदेखि नै खोल्ने तयारी गरिएको छ प्राथमिक र माध्यमिक तहको परीक्षाहरू सञ्चालन भएका छैनन् विद्यालयको  शैक्षिक क्यालेन्डर पछि धकेलिएको छ |

यसर्थ  कोभिडको कारण विश्वकै विद्यालयहरु बन्द छन भने विद्यार्थीहरु सबै आफ्नो  घरमा छन | कतिले अभिभावक गुमाएका छन् ,कोही भोकमरिले कुपोषित भएका छन् |यो अवस्थामा विद्यार्थीहरुलाई वैकल्पिक प्रणालीसँग जोडी उनीहरुले प्राप्त गरेको ज्ञानलाई पाठ्यक्रमको  सिकाइ अनुभव सँग समायोजन गरी मूल्याङ्कन गर्ने व्यवस्था गरी शैक्षिकसत्र खेर जाने अवस्थाबाट बच्नुपर्छ |

(लेखक लोक नाथ दाहाल नेपाल शिक्षक महासंघ बागमती सर्लाहीका अध्यक्ष समेत हुन् )