सोलुखुम्बु , १४ भाद्र। सोलुदूधकुण्ड नगरपालिका भित्र समाजसेवा र बिकास निर्माणका कामहरूलाई प्राथमिकता दिंदै आएको सोलु दुधकुण्ड यूथ क्लबमा क्षितिज तामाङको अध्यक्षतामा चयन भएको नयाँ नेतृत्वलाइ नेपाल लोकतान्त्रिक खेलकुद संघ सोलुखुम्बुले बधाई ज्ञापन गरेको छ।
संघका जिल्ला अध्यक्ष निरकुमार शर्माले सामाजिक सन्जालमार्फत अध्यक्षमा तामाङसहितको निर्बाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले क्लबलाई जिल्लाकै अग्रणी बनाउन उदाहरणीय काम गर्ने बिश्वास व्यक्त गर्नुभएको छ। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै शनिबार सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीस्थित आफ्नै कार्यालयमा सम्पन्न अबिधेशनबाट तामाङको अध्यक्षतामा क्लबले १३ सदस्सीय कार्यसमिति सर्बसम्मत चयन गरेको थियो।
क्लबको उपाध्यक्षमा सुरेश सोनाम (बारिस सोनाम), कोषाध्यक्षमा विनोद परियार, सचिबमा मदनश्रेष्ठ र सहसचिबमा श्यामध्वज राई चयन गरिएको क्लबका निवर्तमान अध्यक्ष तेजराम परियारले जानकारी दिए।
नयाँ कार्य समितिमा तीन सदस्य भने पछि मनोनीत गरिने क्लबले जनाएको छ।
यसैबीच, क्लब र सोलु हेल्थ केयर सेन्टरको सहकार्यमा थाइराइड सम्बन्धि रोगको उपचार सुरु गरिने भएको छ।हेल्थ केयर सेण्टरको कार्यालयबाट प्रदान गरिने उपचार सेवाको सोलुदुधकुन्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले आइतबार उद्घाटन गरेका छन।
