काठमाडौं,१५भदौ। भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित भारतीय सेनाको अस्पतालमा उपचारत पूर्व राष्ट्रपति मुखर्जीको सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले जानकारी दिएका छन् ।
उनले डाक्टरहरुको अथक प्रयासका बाबजुद आफ्ना पितालाई बचाउन नसकिएको बताएका छन् ।
यसअघि सोमबार बिहान अस्पताल पछिल्ला दिनमा मुखर्जीको स्वास्थ्य अवस्था झन् बिग्रिदै गएको बताउदै अहिले फोक्सोमा संक्रमण बढेअप्ची सेप्टिक शकमा गएको बताएको थियो ।
८४ बर्षिय पूर्व राष्ट्रपति मुखर्जीलाई श्रावण २६ गते कोरोना पुष्टि भएको थियो । उनी आफ्नो मस्तिष्क सम्बन्धि जाँच गराउने क्रममा कोरोना पुष्टि भएको आफैले जानकारी दिएका थिए । मस्तिष्कमा खुन जमेको देखिएपछि उनको अप्रेशन गरिएको थियो । उनी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए । एजेन्सी।
