मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति

मुख्य समाचार राजनीति

काठमाडौं,१५भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ ।

उहाँले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।