धनगढी, २२ असोज । सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को आज यहाँ बसेको प्रथम बैठकले परिषद्को कार्यविधिलाई पारित गरेको छ ।
प्रदेशको ऐनअनुसार परिषद्को पहिलो बैठकले कार्यविधि पारित गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश र स्थानीय तहले संविधान र कानूनले निर्धारण गरेका विषयमा आपसमा समन्वय गर्दै आफ्ना क्रियाकलाप अघि बढाउने, समन्वयात्मक ढङ्ले निर्धारित कर उठाउने, समाजको सकारात्मक रुपान्तरणका लागि समन्वयात्मक अभियान चलाई कार्यक्रम सञ्चालन गर्नेलगायत निर्णय गरेको छ ।
