१४ कार्तिक २०७७, शुक्रबार

जापानमा नवनिर्वाचित प्रधानमन्त्री सुगाद्वारा पदवहाली

kamdardainik.com (First, Fast & Accurate)

जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएको छ । कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उहाँले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुगाले आफ्नो मन्त्रिपरिषद्ले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढने बताउनुभयो ।

“म जनताको लागि काम गर्ने र नतीजा प्राप्त गर्ने मन्त्रीमण्डल बनाएर जनताको अपेक्षा पूरा गर्न चाहन्छु,“ सुगाले भन्नुभयो । पदबहालीपछि नवनिर्वाचित मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले कोरोनाभाइरस महामारीको बिरूद्ध लड्न र सङ्क्रमणलाई थप बढ्न नदिन पूर्ववत प्रशासनको मार्गलाई पछ्याउँदै अघि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *