स्वयंभुमा ८० परिवारलाई खाद्यान्न वितरण

आर्थिक राजनीति समाचार

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका कठमाडौंको स्वयंभु क्षेत्रका स्थानीय ८० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लब र नेपाल तामाङ्ग सांस्कृतिक विकास केन्द्रको समन्वयमा शनिवार आयोजित एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वाडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलले वितरण गर्नुभयो ।
काठमाडौं महानगर पालिकाले उपलब्ध गराएको खाद्यान्न सामाग्री मजदुर तथा विपन्न परिवारलाई वितरण गरिएको क्लबका उपाध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिनुभयो । अधिकांश मजदुर तथा सामान्य काम काज भएका परिवार समस्यामा परेको थाहा पाएपछि राहतका लागि वडा कार्यलयमा माग गरिएको र प्राप्त राहत सामाग्री वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा काठमाडौं महानगर पालिका वाडा नं १५ का सदस्य मैयालक्ष्मी महर्जन, समाजसेवी नानी तामाङ्ग, स्वयंमु एथलेटिक्स क्लबका अध्यक्ष तथा प्रमुख प्रशिक्षक रमेश सुनार, महासचिव शैलेन्द्रमान श्रेष्ठ लागायतले उपस्थित परिवार सदस्यहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका थिए ।