नेपाल र इजरायलबीच ‘जीटूजी’ श्रम सम्झौता हुने

प्रवास मुख्य समाचार वैदेशिक रोजगार

काठमाडौं,७असोज। नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद‍्को बैठकले इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्यलाई नेपाल सरकारको तर्फबाट इजरायल सरकारसँग श्रम सम्झौता गर्न अनुमति दिने निर्णय गरेको छ ।

जीटूजी सम्झौतामार्फत इजरायलमा केयर गिभरका काममा लागि महिला कामदारलाई पठाइने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारमार्फत गएका नेपाली कामदारलाई त्यहाँका कामदारले झै समान तलब सुविधा हुने उनले बताए ।