४ कार्तिक २०७७, मंगलवार

सामुदायिक वनको संरक्षणमा सबैको सहयोग जरुरी

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं,१२असोज। सामुदायिक वनको संरक्षणमा व्यक्ति, समाज, सरकारी तथा गैरसरकारी निकाय सबैको सहयोग र क्रियाशीलता आवश्यक रहेको बताइएको छ । सामाजिक सेवा दिवसका सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं २ ले जुममार्फत आयोजना गरेको सामाजिक सेवामा सामाजिक वन विषयक अन्तक्र्रियामा महासंघका अध्यक्ष भारती पाठकले कोभिड १९ बाट सबैभन्दा धेरै प्रभावित सो प्रदेशले निरन्तर काम गरिरहनु प्रसंशनीय रहेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “एउटा सामुदायिक वन उपभोक्ता समूहका व्यक्तिले गरेको गल्तीलाई लिएर पुरै समूहलाई राज्यले गलत ठहरयाउनु निन्दनीय छ ।” उहाँले कोभिड १९ को महामारीमा पनि आफ्ना संस्थागत गतिविधिलाई निरन्तरता दिएको बताउनुभयो । महासङ्घका महासचिव बिर्ख शाहीले देशको राजनीतिक परिवर्तनमा वन उपभोक्ता समूहको अतुलनीय योगदान रहेको बताउनुभयो ।
महासंघका सचिव ठाकुर भण्डारीले परम्परागत क्षमतालाई प्रविधिमा रुपान्तरण गरी उद्यमशीलतमा जाने उद्देश्य सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश नं २ महासंघका अध्यक्ष सोम शर्माले कोभिड १९ को महामारी रोकथाममा प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले सरकारलाई रु ५० लाख सहयोग गरी १३ हजार स्वयमसेवी परिचालन गरेको जानकारी दिनुभयो । उहाँले महामारीमा महासंघले देशव्यापी रुपमा २२ हजार बढी उपभोक्ता समूहलाई क्रियाशील बनाउनु प्रशंंसनीय रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *