च्यालेन्ज फर चेन्जको स्पिच कम्पिटिसन २०२० सम्पन्न

राजनीति समाचार

सम्प्रदा अधिकारी बनिन विजेता, आशिस वञ्जारा र प्रिक्षा पौडेल फस्ट र सेकेन्ड रनरअप
काठमाडौं । पावर अफ पोजेटिभ थिङ्गकिङ्ग शिर्षकमा गरिएको विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा सम्प्रदा अधिकारी विजेता बनेकी छिन् । उनी काठमाडौंको रोडोडेन्ड्रोन इन्टरनेशनल बोर्डिङ्ग स्कुलमा अध्ययनरत छात्रा हुन् ।

यसैगरी प्रतियोगितामा एकता शिशु निकेतन चितवनका छात्र आशिस वञ्जारा फस्ट रनर अप तथा पोलर स्टार स्कुल चितवनकै छात्रा प्रिक्षा पौडेल सेकेन्ड रनर अप घोषित भएको आयोजक संस्था च्यालेन्ज फर चेन्जका अध्यक्ष एवं कार्यक्रम सञ्चालक रामहरि गिरीले जानकारी दिनुभयो । अनलाईन मार्फत् सञ्लालन गरिएको प्रतियोगितामा कुल ५८ सहभागी विद्यार्थी मध्येबाट दोस्रो तथा फाइनल प्रतिस्पर्धाका लागि २४ जना विद्यार्थी छनौट भएका थिए ।

प्रतियोगि विद्यार्थीहरुले सकारात्मक सोचको शक्तिका विषयमा आफ्ना विचारहरु राखेका थिए । प्रतियोगितामा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्याल प्रमुख अतिथि र शिक्षाविद प्रा.डा श्रीराम उपाध्याय अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । च्यालेन्ज फर चेन्ज नेपाल, ग्लोबल पिस फाउण्डेशन तथा विश्वेश्वर सुशिला प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगिता ग्लोबल पिस फाउण्डेशनका कार्यकारी निर्देशक राम रोहन पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।