४ कार्तिक २०७७, मंगलवार

मन्त्रिमण्डल पुनर्गठन :जिम्मेवारी हेरफेर

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं,२८असोज। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ । पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी हुनुभएको छ । अन्य मन्त्री र उहाँहरुको कार्यभार यथावतै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् छन् । नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरहन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो । यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् । यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।
यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *