काठमाडौँ, ३कार्तिक सङ्क्रमणको महामारिका बिच सबै जनताले आफ्नो स्वास्थ्यको जिम्मा आफै लिनुपर्ने सरकारले सुनाएको निर्णयकाप्रती नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउँदै प्रधानमन्त्री र सरकारमाथि व्यंग्य गरेका छन्।सोमबार सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता थापाले हरेक दिन खुद्रा खुद्रा निर्णय गर्नुभन्दा संक्रमितको संख्या गन्नेबाहेक केही गर्न सकिन्न भनेर जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय “काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु!’
‘यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्- सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ।’ कोरोना सङ्क्रमणको महामारि उच्च गतिमा बढ्दै गएको बेला सबै जनताले आफ्नो स्वास्थ्यको जिम्मा आफै लिनुपर्ने सरकारको निर्णयले सरकार जनताप्रती जिम्मेवार नभएको भन्दै अहिले सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भैरहेको छ ।
