६ माघ २०७७, मंगलवार

लोकगायक श्रेष्ठको निधन

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं,६ कार्तिक। लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको घोराही उपमहानगरपालिका –१४ मिलनचोकस्थित निवासमा निधन भएको हो ।

श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गर्नुभएको थियो । श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार रहनुभएको यादव योगीले बताउनुभयो । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००२ सालमा प्युठान जिल्लामा जन्मिनुभएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *