१८ मंसिर २०७७, बिहीबार

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख नजिक

kamdardainik.com (First, Fast & Accurate)

एजेन्सी। बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बङ्गलादेशमा आइतबारसम्म तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ८०३ सङ्क्रमितको मृत्यु भएको छ ।

बङ्गलादेशमा सक्रीय सङ्क्रमितको सङ्ख्या ७७ हजार ९०५ पुगेको छ भने तीन लाख १५ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् । बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित जुलाई २ मा भेटिएका थिए भने कोभिड–१९ धेरैको मृत्यु जुन ३० मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *