वैदेशिक रोजगार कसूरका अभियुक्त कारागार चलान

वैदेशिक रोजगार समाचार

काठमाडौं,२६ कार्तिक। तीन वर्षअघि बैदेशिक रोजगार कसुर मुद्धामा अदालतबाट सजाय सुनाइएका झापा, कन्काई नगरपालिका—३ का ३६ वर्षीय सौरभ उप्रेती पक्राउ परेका छन् । तीन वर्षअघि जिल्ला अदालत झापाले उप्रेतीलाई कसुरवापत एक वर्ष छ महिना कैदसहित रु एक लाख ५० हजार जरिवाना फैसला भएको थियो ।

फैसलापछि फरार भएका उप्रेतीलाई तीन वर्षपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुरुङाको टोलीले दुई दिनअघि घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । अभियुक्त उप्रेतीलाई आज नै अदालतमा उपस्थित गराई फैसलाबमोजिम कैद भुक्तानीका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो ।