१४ मंसिर २०७७, आईतवार

सबैकि प्यारी म

kamdardainik.com (First, Fast & Accurate)

                                                     –सिर्जना खड्का  

सबैकि प्यारी छु म आजसम्म पनि सायद घरकि कान्छी छाेरी भएर हाेला । सबैले माया गर्नु भएकाे आमा बुबाले जब स्कुल हाल्दिनु भयाे दिदी र मलाई स्कुलमा पनि सबैले माया गर्नु भयाे । बुबा आआज सम्म पनि भन्नु हुन्छ कि त स्कुल जान कहिले मान्दिन थिस स्कुल पुगे पनि स्कुल भित्र नजाने जब सम्म कि त्याहाँकाे दिदीले ( स्कुल हेर्न बस्नुहुने आन्टी ) तलाई केही खानेकुरा नकिन्दिनुहाेस । त्यसैले सब तैले उहाँ लाई जाहाँ भेटे पनि माया , आदार गरेर बाेल्नु उहाँ सङ्ग ।

स्कुल मा सबै ले माया गर्नुहुन्थ्यो मलाई म पढ्ने बिद्यार्थी भएर हैन् कि म त स्कुल मा सबैभन्दा सानि भएर पाे मलाई माया गर्नु भएकाे थियो । दिदी म सङ्गै एउटै क्लासमा पढ्ने भएर हाेला मैले कैले पनि पढ्न मानिन किनकि दिदी हुनुहुन्थ्यो म सङ्ग जसले मलाई सधैं सिकाउने गर्नुहुन्थ्यो । त्यसैले म सधैं पास हुदै अर्को क्लास जान्थे। म सानि भएर दिदी सङ्गै हाेस भनेर सर मिसले पनि मलाई क्लास चडाईदिनु हुन्थ्यो । अहिले थाहा भयाे कि म पढर हैन् म त माया पाऐर पाे पास हुने गर्थे ।

म सानै भऐ पनि याद छ मलाई त्यो कुरा कि मलाई पढाउने माया गर्ने मिसले मेराे लागि नयाँ लुगा (फरक) ल्याईदिनु भएको थियाे । त्यो लुगा पाऐर म एकदमै खुसी भएकाे थिए त्याे दिन म। हाम्रो स्कुल घर नजिकै भएको ले खाजा खाने बेला सधैं घर आएरै खाजा खाएर फेरि स्कुल जाने गर्थ्यै ।त्यस्तै एक दिन घरमा खाजा खाएर फरकिदा बाटोमा बुबा लाई भेटे मैले बुबा लाई मलाई खाजा खाने पैसा दिनु भनेर मागे बुबाले पनि दश रूपैयाँ दिनु भयाे ।त्याे दश रूपैयाँ पाएर मेराे खुसीको सिमा नै रहेन जसलाई म व्यक्त गर्न पनि सक्दिन । मेराे लागि त्यो दश रूपैयाँ संन्सारकै सबैभन्दा ठुलो पैसा थियाे । समय सङ्गै हिजाे आज र भाेलिमा पनि परीवर्तन हुँदै गहिरहेकाे छ । तर पनि आमा बुबाकाे माया मा परिवर्तन आएकाे छैन् । सधैं भरी आमा बुबाले यति धेरै माया दिनु भएकाे छ कि केही गल्ती भए पनि सम्झाउनु हुन्छ जिन्दगीमा अगाडि बढ्न बाटो दाेखाउनु हुन्छ । हामी सन्तानकाे खुसीको लागि आफ्नाे खुसी लाई भुल्नु हुन्छ हामीलाई आफु भन्दा अगाडि राख्नुहुन्छ । आमा बुबाले गरे जति मैले गर्न सक्दिन हाेला तर पनि मलाई माया गर्ने आमा बुबालाई सधैं भरी खुसी राखु ।

 

घरकि कान्छी छाेरी भएर हाेला घरमा सबैले माया गर्नुहुन्छ । आमा बुबाले गरेकाे माया शब्दमा हैन् व्यवहारमा देखिने रैछ जसलाई हामीले बुझ सक्नु पर्छ । जब म आमा बुबा लाई हेर्छु उहाँहरूको बारेमा साेच्छु सन्सारकाे सबै खुसी पाउछुँ मैले । उहाँहरूको मायालाई मैले जति लेखेर व्यक्त गर्न खाेजे पनि त्यो माया लाई व्यक्त गर्ने अक्षर नै भाेट्याउदिन । चाहान्छु कि अहिलेसम्म सबैकाे माया पाएर सबैकाे प्यारी भएकाे छु । जीवनकाे अन्तिम पल सम्म पनि यहि माया सधैं भरी सबै बाट पाहिराखु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *