साहित्य सन्ध्याको नियमित मासिक ४१०औँ शृङ्खलामा आज समसायिक विषयका कविता र रचना वाचन गरिएका छन् । जुम प्रविधिबाट आयोजित कार्यक्रममा काठमाडौँबाट प्रा डा जीवेन्द्रदेव गिरी, कृष्ण सुवेदी, गोमा कटुवाल, रमेश पोखरेल, ज्ञानु विद्रोही, प्रा डा खेम दाहाल, अनिता लामा, महेशराज खरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल तथा पुष्पमणि प्रधान नेपालगञ्ज, बालकृष्ण लामिछाने इलाम, हरि तिमिल्सिना, मीना बराल र लेकप्रसाद प्याकुरेल नेपालगञ्ज, विधान आचार्यलगायतले रचना वाचन गर्नुभएको थियो ।
समाालोचक डा अमर गिरीले वाचित रचनामा मुलुकमा देखापरेका समकालीन समस्या बाह्य हस्तक्षेप, विसङ्गत परिवेश, साम्राज्यवादी–प्रभुत्ववादी उत्पीडन, नवऔपनिवेशिक उत्पीडन तथा राष्ट्रिय चेतनाका अभिव्यक्ति कवितामा समाहित भएर आएको टिप्पणी गर्नुभयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयले इलामबाट धरान हुँदै दाङ, नेपालगञ्जसम्मका स्रष्टाको उत्साहपूर्ण सहभागिताले विषम स्थितिमा पनि साहित्यको प्रवाह रोकिँदैन भन्ने सन्देश मिलेको बताउनुभयो ।