२१ फाल्गुन २०७७, शुक्रबार

यस वर्षको रंगपत्रकारिता पुरस्कार कुवेर गिरीलाई

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौँ । नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” को संस्करण यहि पुष ११ गते शनिबार राजधानीमा आयोजना गर्ने तयारी गरिएको छ । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोना संक्रमणको कारण उत्पन्न परिस्थितिका कारणले रोकिएको थियो ।

कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक कमला जोशीका अनुसार निर्णायकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिने र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिनेछ ।

ग्लोवल अनलाईन पेको वेवसाईटमा गएर पौष १० गतेसम्म आफुलाई मनपरेका कलाकार एवं श्रृजनालाई भोटगर्ने ब्यबस्था गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले बताए । अध्यक्ष खरेलका अनुसार कार्यक्रममा रातोपाटीकर्मी एवं रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिदैछ । त्यस्तै नवक्षितिज साप्ताहिक काभ्रेका पत्रकार नवराज बजगाईलाई यूवा पत्रकारिता सम्मान प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *