काठमाडौं । उच्च माध्यामिक ११ र १२ कक्षा अध्ययनरत विद्यार्थीहरुको चित्रकला प्रतियोगिता ‘आर्ट कम्पिटिसन २०२०’ यहि मंसीर २२ गते नेपाल कलेज अफ म्यानेजमेन्ट धोबीघाटमा आयोजना हुने भएको छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय आर्ट एक्टस् नेपालले सञ्चालन गर्न लागेको उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने सहभागीलाई क्रमश २ हजार, ३ हजार र ५ हजार नगद तथा प्रथम हुने विद्यार्थीलाई आगामि मार्चमा दुवईमा हुन लागेको अन्तर्राष्ट्रिय आर्ट सम्मेलनमा सहभागी गराइने आर्ट एक्टका अध्यक्ष रामहरि गिरीले बताए । प्रतियोगितालाई नेपाल कलेज अफ म्यानेजमेन्ट धोबीघाट तथा च्यालेन्ज फर चेन्ज को सहयोग रहेको छ ।
