नेपाली काँग्रेसको देशैभर शक्ति प्रदर्शन

मुख्य समाचार राजनीति

काठमाडौं । मुलुकमा बढ्दो भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकारले गरेको लापर्वाही र पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरुद्ध काठमाडौलगायत मुलुकका ७७ वटै जिल्लामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ । सोमबार भएको विरोध प्रदर्शनमा केन्द्रीय नेताहरुले जिल्ला सदरमुकाम पुगेर सरकारका विरुद्ध चर्को प्रहार गरेका थिए ।
यसैक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमवार सरकारविरुद्ध हेटौंडामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण जनताले ‘राजा आऊ देश बचाऊ’ को नारा लगाएको दाबी गरे ।
सम्बोधनका क्रममा देउवाले भने, ‘ओली नै तत्कालीन राजासँग मिलेको भए त थाहा छैन, होइन भने कसरी आन्दोलन भएको छ रु’सभापति देउवाले ओली सरकार नै राजावादीहरुको आन्दोलनको जिम्मेवार रहेको समेत बताए । साथै उनले नेपालमा पुनः राजा नआउने पनि प्रष्ट पारे ।
देउवाले निर्मला पन्तको हत्या भएको लामो समय भएको तर अपराधी पक्राउ नपरेकोप्रति शंका गर्दै अभियुक्त पक्राउ नपर्नुको कारण पार्टीको मान्छेको संग्लग्नता हुनसक्ने बताए । ‘शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म निर्मला पन्तको हत्यारालाई पक्राउ गरेको छैन, उसको पार्टीको मान्छेको संग्लग्नता छैन भने किन पक्राउ गर्दैन ?,’ उनले भने । देउवाले नेपालमा भ्रष्टाचार र बलात्कारका घटना बढेको र कोरोनाको महामारीका बेला पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाए ।
सम्बोधनका क्रममा देउवाले नेपालमा एकदलीय सर्वसत्तावादी शासन लागु गर्न खोजेको भन्दै सरकारको आलोचना गरे । उनले सरकारको व्यंग्य गर्दै भने, ‘ कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।
यसैबीच कांग्रेस युवा नेता गगन थापाले भ्रष्टाचारी खोज्न अन्त कतै नगएर बालुवाटार गए पुग्ने भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । नेपाली कांग्रेसले घोषणा गरेको देशब्यापी बिरोध कार्यक्रम अन्तर्गत कैलालीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रटाचारको मुख्य अखडा बालुवाटार रहेको पनि बताए ।
बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान छन् उनले भने । उनले उनले अघि भने, ‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।