काठमाडौं,३० मंसिर। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सर्वसत्तावाद विरुद्ध देशव्यापी प्रदर्शनमा सहभागी सबैलाई बधाई दिएका छन्।
सोमबार साझ एक बिज्ञप्ति जारी गरि सभापति देउवाले वर्तमान कम्युनिष्ट सरकार र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमतले एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत प्रकट भएको बताएका हुन् ।
यस प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली काग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गरेका छन् ।
प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका सहभागीहरूलाई विशेष बधाई ज्ञापन गर्दछु । प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पुऱ्याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु । सामाजिक सञ्जाल मार्फत योगदान पुऱ्याउने विशेषतः युवा पंक्तिलाई बधाई र सम्मान व्यक्त गर्दछु जारी बिज्ञप्तिमा उल्लेख छ।

