काठमाडौं । देशभक्त लोकान्त्रिक पार्टीले पुष ३ गते काठमाडौंको रत्नपार्कमा कोणसभाको आयोजना गर्ने भएको छ । पार्टीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत् विद्यमान राजनीतिक संकटको विरोध र समस्या समाधानको लागि भन्दै कोणसभाको आयोजना गर्न लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा देशभक्त लोकतान्त्रिक पार्टीका अध्यक्ष मनमोहन शमशेर राणाले मुलुकमा गम्भीर राजनीतिक संकट देखा परेको भन्दै नयाँ राष्ट्रिय सहमितलाई अगाडि नल्याई राज्य शक्तिको आडमा रोक्न खोजे देशमा विस्फोट हुने निश्चित् भएको बताए ।