२१ फाल्गुन २०७७, शुक्रबार

आधुनिकताको पर्खाइमा अल्झिएको अधुरो नेपाली बास्तबिकता

kamdardainik.com (First, Fast & Accurate)

टंक गौतम

चरम बिकास ,प्रबिधि र आधुनिकताले चुलिएको शहरबाट केही घण्टाको दुरि मा गाउँको बसाई , हुन त गाउँ नै के भन्नु बिकास र प्राबिधिक कारणले गाउँ र शहर बिचको भिन्नता समानान्तर रेखामा चल्दै थिए। अझ भनौं मानिसहरूमा शहर प्रतिको मोह नै कम हुँदै गएको थियो ।शहरको तुलनामा अझ फराकिला महत्वाकांक्षी र दीर्घकालीन सडक, पार्क र चौबाटाहरू भएको त्यो बस्ती जुन शहरको लागी अलि चुनौतीपूर्ण नै थियो किनकि पहिल्यै बनेका पुराना बस्ती अव्यवस्थित र अल्पकालीन सोचाइमा बनेका भौतिक संरचनाले यो सुन्दर शहरको रूपलाई थोरै ओझेलमा पारेको देखिन्थ्यो यद्यपि बिकास को लागि कुनै कसुर भने बाकी थिएन। तर सहरबाट अलि बाहिर भने धेरै पुराना बस्ती नहुनुको कारण होला त्यहाँ भएका हरेक बिकास निर्माणका काममा दिगोपन र दीर्घकालीन देखिन्थे। बसोबास र हरेक व्यावसायिक काम को लागी त्यही बस्ती नै उचित थियो । सम्पूर्ण सुबिधा ले भरिपूर्ण थियो। प्रत्येक नागरिकका हातमा निजी सवारी थिए, त्यसकारण पनि गाउँ र शहरको दुरी पनि दिनानुदिन खुम्चिदै थियो। त्यसैअनुरूप मेरो सोचाइमा त्यहीँ उपयुुक्त ठानेर आफ्नो रोजीरोटि सुरु गरेको थिए।

भौतिक आधारभूत आवश्यकता पर्याप्त मात्रामा थिए, महँगी पनि कमि थिएन , चुलिएको महँगी पनि सामान्य नै थियो। यसको मतलब सबै नागरिक आर्थिक रूपमा सम्पन्न थिए। काम, आराम र मनोरञ्जन को निश्चित समय भएकोले कामको समयमा हरेक ब्यक्ति आफ्नो काममा हरपल तल्लीन हुन्थे। रोजगारीका अवसर हरू प्रशस्तै थिए । काम लाई सानो ठुलो भन्ने सोचाइ कोहि कसैलाई पनि थिएन। काम नै ठुलो हो भन्ने चेतना हरेक ब्यक्ति मा बिकास भैसकेको थियोे। कोहि खेतीपाती, कोहि उद्योग त कोहि पशुपालन । हरेक उद्योगी र किसान लाई सरकारले दिने सेवा सुबिधा मा कुनै कमि थिएन । आवस्यक माल, बिउ र कच्चापदार्थ हरू सहजै पाउन सकिन्थ्यो। उत्पादित सामान को लागी बजारको पनि पुर्ण सुबिधा थियो। अझै कृषिको कामलाई उच्च प्राथमिकता दिएको थियो। जमिनमा आवासीय प्रयोजनका लागी उर्वर भुमिको प्रयोगलाई प्रतिबन्ध थियो। ब्यापार मा अब्बल हुँदै आयात भन्दा कयौं गुणा निर्यात हुन्थ्यो।आयातित भन्दा केहि महङ्गो भए पनि स्वदेशी उत्पादन नै प्रमुख प्राथमिकतामा पर्ने गर्थे।

सरकारी काममा पनि आवश्यक कागज पत्र पुरा भए कुनै ढिलासुस्ती थिएन। प्राबिधिक कारणले हरेक कुरा सहज बनाएको थियो।जुनसुकै काम आफ्नो हातमा भएको स्मार्ट फोन, ल्यापटप र कम्प्युटर बाट गर्न सकिने र समय को पनि बचत हुने बिश्वास धेरैले गर्दथे।

मानिसहरू कोहि कसैलाई मतलब राख्दैन थिए , राख्थे त बस् आफ्नो काममा , तर साथ सहयोग मा भने कुनै कमि थिएन। आवश्यक पर्दा मरिहत्ते गरेरै सहयोग गर्ने प्रबृत्ति हावी भएको थियो । त्यही भिडमा मेरो पनि त्यही मनस्थिति बनिसकेको थियो। त्यही व्यस्त समय संगै मेरो दिनचर्या पनि ब्यस्त तरिकाले चल्दै थियो , दुई चार जना कामदारलाई रोजगार दिन सक्ने अबस्थामा पुगेको थिए। काम राम्रै चल्दै थियो। कामदारको पनि राम्रो साथ सहयोगले उनीहरू प्रति पुर्ण बिश्वास थियो , सबै रेखदेख उनीहरुको हुन्थ्यो आफू भने लगातार फोनको कल संगै बजार घर गर्ने दिनचर्या बनेको थियो। सदा झैं काममा सहयोग गर्ने सहयोगी हरु लाई काम सम्बन्धि सामान्य जानकारी पश्चात् कामको जिम्मेवारी दिने तयारी गर्दै थिए। त्यसैबेला मेरो हातमा भएको आइफोन मा घण्टी बज्यो , उठाउन मात्र के लागेको थिए मेरा आँखा खुलेछन, हेर्दा टेबुलमा रहेकोे फोनमा आर्लराम बजेको रहेछ , एकैछिन त सपना सम्झेर झसङ्ग भए! अनि सोचें अस्थिर राजनीति, चरम भ्रष्टाचार र गरिबीको जालोमा अल्झिएको देशको नागरिक भएर जन्मेपछि यही सपनामा देख्ने बाहेक के नै हुन्छ र? यस्तै कयौं प्रश्नै प्रश्नले उकुसमुकुस मनलाई केही सान्त्वना दिदै मनमनै भने यही मेसिन पुछ्दै टल्काउदै आफ्नो दुख मेट्ने र भविस्य चम्काउने उद्देश्यले मजदुरी गर्न आएको छु। मजदुरी नै गरे पनि रगत र पसिना बेचेको छु आफ्नो स्वाभिमान त बेचेको छैन नि? भन्दै आफ्नो मनले मनलाई नै प्रश्न गर्दै आफ्नो नित्यकर्म सकेर कम्पनी तिर काम मा लागे तर दिनभर त्यही सपनाको झझल्को ले घरीघरी सताउँदा आफ्नो मातृभूमि को त्यो अवस्था देख्दा र सम्झिँदा छातीमा सियोले घोचिरह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *