जसपा र नेकपा एकीकृत मार्क्सवादी पार्टीबीच एकता

मुख्य समाचार राजनीति समाचार

काठमाडौं,१७ पुस । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादीबीच पार्टी एकता भएको छ । शुक्रबार दिनउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीको छेउमा रहेको जनता समाजवादी ट्रेड युनियन महासंघको हलमा एक औपचारिक कार्यक्रम मार्फत् पार्टी एकीकरणको घोषण गरिएको नेकपा एकीकृत माक्र्सवादीका संयोजक अमृत पुरीले जानकारी दिए ।

नेकपा एकीकृत मार्क्सवादीका नेता कार्यकर्ताहरूलाई जनता समाजवादी पार्टीका तर्फबाट डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र महतोसहितका नेताहरूले स्वागत गरेका थिए । पार्टी एकताका लागि केही समय अघिदेखि दुवै पार्टीले कार्यगत एकता गर्दै आएको थियो ।

शुक्रबार भएको पार्टीएकीकरणको घोषणा पछि आजकै मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादीका सवै सदस्य तथा समितिहरु समेत जनता समाजवादी पार्टी नेपालका सदस्यमा रुपान्तरण भएको घोषणा सभामा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।