कपन जेसीजको अध्यक्षमा वन

राजनीति समाचार

जेसीआई कपनको १०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाबाट नवराज वन (नवीन) अध्यक्षमाा निर्वाचित भएका छन् । नव निर्वाचित वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नव निर्वाचित कार्यसमितिमा अध्यक्ष- नवराज वन (नवीन), निवर्तमान अध्यक्ष रुपेश भट्टराई, कार्यकारी उपाध्यक्ष श्याम कुमार तिम्सिना, सुमन थपलिया, विश्व वल्लभ नेपाल- कानुनी सल्लाहकार, दीपक जङ्ग अधिकारी-महासचिव, बरुण कुईकेल-कोषाध्यक्ष,उपाध्यक्ष- प्रदीप खनाल, लीरा पोखरेल, प्रशान्त थपलिया, सोनी तामाङ, रीता थपलिया- राजनीति तथा राज्य संयन्त्र संयाेजक र राजन न्यौपाने – आर्थिक विभाग प्रमुख चयन भएका छन्।

नव निर्वाचित अध्यक्ष नवराज वन नेपाली काङ्ग्रेस खोटाङ काठमाडौं सम्पर्क समितिका सचीव पनि रहेका छन्। अत्यन्तै मिलनसार स्वभावका धनी वन लामो समयदेखि सामाजिक सेवाद्वारा विविध क्षेत्रमा रहेर समाजमा उल्लेखनीय योगदान पुर्‍याउन सकृय छन्। वनले आउँदा दिनहरुमा अझै उत्कृष्ट रूपमा समाजको उत्थान र विकासमा आफ्नो कार्यकाल व्यतीत गर्ने बताएका छन्।

मानवीय सेवाका क्षेत्रमा आवश्यक जुनसुकै सेवामूलक कार्यमा लागिपर्ने र जेसीजको प्रारुप उदेश्यबाट किन्चित पछि नहट्ने कार्यकारी उपाध्यक्ष श्याम तिम्सिनाले एचटिभी खबरलाई बताएका छन्।