-नामयाङ्ग सागरि,दक्षिण कोरिया
नामयाङ्ग सागरिको कान्तिपुर रेष्टुरेण्टमा महिला र पुरुष दुबैका लागि नि:शुल्क सेल्टर संचालनमा आएको छ। पुरूषको लागि भने लामो समयदेखि निशुल्क रुपमा सेवा दिँदै आएको उक्त सेल्टरले अब देखि महिलाहरूको लागि अत्यधिक सुबिधा सहितको निशुल्क सेल्टर संचालनमा ल्याइएको नामयाङ्ग सागरिमा रहेको कान्तिपुर रेष्टुरेण्टका सञ्चालक मदन कुवरले बताउनुभयो। कोरोनाको कहरमा त्यसमाथि पनि काम छोडेर बस्नुपर्दाको पिडा अत्यन्त भयाबह हुने भएकोले यो पिडालाई केही हदसम्म भए पनी निराकरण गर्नका निम्ति यो प्रदेशमा आफुले सानो प्रयास गरेको बताउदैँ उनले दुःखमा परेका हरेक नेपालीकोदुःख आफ्नो दुःखएको समेत बताए। सेल्टर सम्बन्धि थप जानकारी 010-4366-2880,031-355-9159 मा सम्पर्क गरेर लिन सकिनेछ।