काठमाडौं १३ माघ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले सर्वाेच्च अदालतले निर्वाचन वा पुनस्र्थापना जुन पक्षमा फैसला भएपनि देश संकटमा जाने बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता केसीले भन्नुभयो “ अव देशमा निर्वाचन नभए रुष्ट भएका राजनीतिक तथा नागरिक अगुवाहरु झनै रुष्ट बन्दै जान्छन, प्रधानमन्त्रीले देशमा संकट निम्त्याउनु भयो ।”
प्रधानमन्त्रीको प्रहारबाट संविधान घाइते भएकाले संविधानको रक्षामा नेपाली काँग्रेस जुटेको नेता केसीले बताउनु भयो । अहिले काँग्रेस मात्रै नभएको भए कुनै पनि राजनीतिक दल निर्णायक दल बन्न नसकेको नेता केसीको भनाई छ । केसीले आफ्नो ठाउँबाट उभिन काँग्रेसविचलीत नहुने समेत स्पष्ट पार्नुभयो ।
नेता केसीले भन्नुभयो “अब नेपाली काँग्रेसको पहिलो कर्तव्य संबिधानको रक्षा गर्ने हो, पार्टीको निणर्य अनुसार हामी चल्ने हो, कस्ले के भन्छ भन्दा पनि पार्टीले के भन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ, संविधान नरहे निर्वाचन पनि हुन सक्दैन,काँग्रेस सधैँ संविधान रक्षाका लागी उभिरहन्छ ।”
काँग्रेस इतिहास बोकेको पार्टी भएकाले चुप लागेर बस्न नसक्ने उहाँको भनाई छ । काँग्रेसले अहिलेको राजनितिक परिस्थितिलाई सहि दिशा दिने बताउदै यदि चुनाव भएन भने काँग्रेस अधिबेशनको तयारीमा जुट्ने काँग्रेस नेता केसीले बताउनुभयो ।
