काठमाडौं १४ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै ४ जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ताको निवेदन पेश भएको छ ।
पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको हो । कुमार शर्माले अवहेलनासम्बन्धी मुद्दा दर्ताका लागि निवेदन दिएका हुन् ।
यसैगरी संविधानको भावनाविपरीत फैसला गरे न्यायाधीशलाई सडकबाट तान्ने अवस्था आउने अभिव्यक्ति दिएका पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ताको लागि निवेदन पेश भएको छ । सर्वोच्चमा मंगलवार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भइसकेको छ ।
