काठमाडौं, २० माघ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुर शाखाको संयोजनमा आज २०७७.१०.१९ गते उदयपुरको गाइघाटमा मिडिया बिकास कोषबारे सचेतना कार्यक्रम भयो ।कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार तीर्थ कोइरालाले अहिलेको पत्रकारिता मोफसलमा मात्रै सिमित नभएर अन्तर्राष्ट्रिय स्तरको भएको छ ।
नयाँ प्रविधिसंगै अभ्यस्त बन्दै फट्को मार्नुपर्ने परिस्थितिमा अहिलेको युग कुदेको छ तसर्थ पुराना पत्रकारले वरिपरिको परिवेश बुझेर समाचार पस्किन सक्यौं भने पत्रकारिता क्षेत्रमा सहयोग पुग्नेछ भन्नुभयो ।मन्तव्यका क्रममा थोरै लगानीबाट धेरै प्रतिफलको चाहना लगानीकर्ताबाट अपेक्षा हुने गर्दै गर्दा पत्रकारको बाटो फरक हो भन्नेतर्फ सचेत रही लगानीकर्ताको आरिस र चिन्ता नलिइ आफ्नो पत्रकारिताको धर्म र कर्ममा दत्तचित्त भएर लागे पत्रकारितामा शुद्धता कायम हुने र यसको प्रतिष्ठा झनैउचो हुने उल्लेख गर्नुभयो ।सबै संचारमाध्यमका सस्थाबाट भाषागत शुद्धताकालागि आ आफ्ना भाषाशैलीमा शुद्धता कायम हुँदा समग्र पत्रकार र पत्रकारिता जगतको गरिमा रहने हुँदा निरन्तर एक आपसमा बहस र छलफलले सही सुचना पस्किन सहयोग पुग्नेछ भन्नुभयो ।
बहस र छ्लफलको निरन्तरताले आपसी सद्भाव बढ्ने हुँदा राजनीतिमा गहिरो छ्लफलको कमी महसुस भएकोले नै अहिले समस्या देखा परेको हो भन्नुभयो । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रेस काउन्सिल नेपालका सह प्रशासकीय अधिकृत रामप्रसाद पोखरेलले मिडिया बिकास कोषका सहयोगका क्षेत्रहरू र कोषबाट संचार केन्द्र स्थापनाका लागि हालसम्म अनुदान प्राप्त गरेका बिभिन्न जिल्ला शाखाहरुका सम्बन्धमा प्रकाश पार्नुका साथै कोषबाट व्याज अनुदान लगायतका सुबिधा लिनकालागी पेस गर्नुपर्ने कागजातहरुका बिषयमा प्रष्ट पार्नु भयो ।
छ्लफलका क्रममा उठेका प्रश्न र जिज्ञासा उपर सहप्रशासकीय अधिकृत पोखरेलले स्पष्ट पार्नु भएको सो कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले प्रबिधीमैत्री अनलाइन पत्रकारिताबाट छिटो रेस्पोन्स हुने गरेको हुँदा यसको प्रभावकारिता र क्रेज बढेकोले पत्रकारलाई चनाखो भै सत्य तथ्य समाचार पस्किनुपर्ने बताउनु भयो ।
