सोलुखुम्बुमा नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरूको लर्को

राजनीति समाचार

सोलुखुम्बुमा नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरूको लर्को लागेको छ । नेकपामा ठुला नेताहरूको मनमुटाबका कारण कार्यकर्तामा भरोसा भत्किएको भन्दै काङ्ग्रेसमा प्रबेश गर्नेको लर्को लागेको हो । सोलुदूधकुण्ड नगरपालिका ७ तोजिङमा नेपाली  काँग्रेसले आयोजना गरेको पार्टी सुदृढिकरण साथै संगठन विस्तार कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता सोनामग्याल्जेन शेर्पाको सक्रियतामा १७३ जना नेकपाका स्थानिय नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

सोलुदूधकुण्ड नगरपालिका ७ का पार्टी सभापति शम्भु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी  नेपाली काँग्रेस सोलुखुम्बुका पुर्व पार्टी सभापती आङगेलु शेर्पाले नवप्रबेसीहरुलाई स्वागत गरेका थिए ।

आयोजित कार्यक्रममा प्रमुख अथितिको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वपार्टी सभापती शेर्पाले जनताको आशा रहेको पार्टी नेपाली काँग्रेसले  वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेकोप्रती घोर आपत्ति जनाउदै भ्रष्ट सरकार बिरुद्ध मैदानमा उत्रिन सबैलाई आग्रह गर्नुभयो ।

सभापती शेर्पाले नेपाल कम्युनिस्ट पार्टीले सत्ताको दुरुपयोग र लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाउदै जनताको भावना र बिश्वास माथी खेलबाड गरेको बताउनुभएको छ । सत्ता र कार्यकर्ता जोगाउन प्रशासन र अदालत समेतलाई झुक्याई सत्ताको आडमा विभिन्न माध्यमद्वारा नेपाली जनतालाई भ्रममा पार्दै मनपरि तन्त्र अपनाइ रहेको बताए ।

नवप्रबेसिहरुले सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकार फुटको संघारले जनताका लागि ठुलो धोका भएको र नेकपाले आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, भष्ट्रचार गर्ने जस्ता विभिन्न किसिममा अपराधिक व्यक्तिलाई संरक्षण गरेको आरोप लगाउदै कांग्रेसमा प्रबेश गरेका हुन ।

कार्यक्रममा स्थानिय काँग्रेस नेताहरु क्रमश छोङ्बा लामा शेर्पा, धर्म नेपाली, गान्धीमाया तामाङ, शारदामाया तामाङ, वीरबहादुर गुरुङ लगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।